अमेरिकामा एसाइलम अझ कडा बनाइदै, अदालतमा पुगेका कमजोर आवेदन सुनुवाईविनै खारेज


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

अमेरिकामा एसाइलम अझ कडा बनाउने प्रस्तावित नियम आगामी सोमबार फेडलर रजिस्टरमा प्रकाशित गरिने भएको छ । यो नयाँ नियम लागु भएपछि अमेरिकामा कोरोनाको महामारीपछि पनि एसाइलम पाउन अझ मुस्किल हुने भएको छ ।

१६१ पृष्ठ लामो नयाँ प्रस्तावका लागि कमेन्ट अवधि समेत राखिएको छ । ६० दिनको कमेन्ट अवधि पछि यो अन्तिम नियमका रुपमा प्रकाशित गरिने जनाइएको छ । नयाँ नियम अनुशार अध्यागमन अदालतका न्यायाधिसले कुनै एसाइलम आवेदनमा त्रुटीहरु रहेको लागेमा वा कमजोर लागेमा त्यस्ता आवेदनलाई सुनुवाईको मौका नदिइकनै अस्वीकार गर्न सक्नेछन् ।

अहिलेको अवस्थामा क्रेडिबल फियर अन्तरवार्ताका क्रममा एसाइलम अफिसरलाई आफ्नो देश फर्केमा यातना वा त्रासको अवस्था रहेको पुष्टी गर्न सकेमा त्यस्ता आवेदकले अदालतमा सुनुवाईको मौका पाउँछन् । तर नयाँ नियम अनुशार यसरी अदालतमा आएका आवेदनलाई समेत न्यायाधिसले सुनुवाईका मौका नदिइकनै खारेज गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नियम अनुशार सुनुवाईका लागि अतिरिक्त मापदण्ड पुरा गरेका आवेदनलाई मात्र अदालती सुनुवाईको मौका दिइनेछ । सबै आवेदनलाई पूर्ण र लामो प्रकृयामा नलगी नयाँ नियम अनुशार व्यवस्थीत गरिने प्रस्तावित नियममा उल्लेख गरिएको छ ।

अहिले कोरोनाको महामारीका कारण हिराशतमा रहेकाबाहेक अन्य प्राय सबैका एसाइलम सुनुवाईहरु पछाडि सारिएको छ । अमेरिकाका अध्यागमन अदालतमा झण्डै ३८ सय नेपालीका एसाइलम आवेदनहरु अहिले पनि पेन्डिङ अवस्थामा रहेका छन् ।

प्रस्तावित नियमको पूर्ण पाठ यहाँ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com