विदेशमा अलपत्र नेपालीलाई नेपाल लैजान नेपाल एयरलाइन्सले लिने भाडादर तीनगुणासम्म बढी


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्ना उडानको कार्यतालिका सार्वजनिक त गरेको छ । तर अलपत्र नेपालीले तिनुपर्ने भाडादर भने निकै चर्को तोकिएको छ ।

कोरोनाका महामारीका कारण कैयन नेपालीहरु बेखर्ची भएर विदेशमा अलपत्र परेका छन् । यो बेलामा उनीहरुलाई सरकारले निशुल्क ल्याउनुपर्ने माग समेत भइरहेको छ । तर सरकारी एयरलाइन्सले नै उनीहरुलाई नेपाल ल्याउनका लागि अत्यन्तै चर्को भाडादर तोकेको छ ।

साउदी अरवको रियादबाट काठमाडौं आउनका लागि ६३० डलर भाडादर तोकिएको छ । जुन सामान्य अवस्थामा अमेरिकाबाट नेपाल पुग्न लाग्ने एकतर्फी भाडादर भन्दा पनि चर्को रहेको छ । अहिलेको विनिमयदर अनुशार जुन झण्डै ७५ हजार नेपाली रुपैया हो । सामान्य अवस्थामा रिहादबाट काठमाडौं दुईतर्फी टिकटको समेत ५ सय डलरको हाराहारीमा मात्र खर्च हुन्छ । साउदीबाट जुन १८ र २४ मा नेपाल एयरलाइन्सले उडान गर्ने तय भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै मलेसियाबाट नेपाल जानका ५२० अमेरिकी डलर अर्थात् ६० हजार भन्दा बढी नेपाली रुपैया भाडादर तोकिएको छ । क्यालालम्पुरबाट नेपाल एयरलाइन्सले जुन १५ र जुन २० मा उडान गर्नेछ । दोहाबाट नेपाल जानका लागि ५४५ अमेरिकी डलर तोकिएको छ । त्यहाँबाट नेपाल एयरलाइन्सले जुन १६ र जुन २० मा उडान गर्नेछ । युएईबाट नेपाल जानका लागि ५ सय डलर भाडादर तोकिएको छ । त्यहाँबाट जुन १६ र जुन १८ मा नेपाल एयरलाइन्सले उडान भर्नेछ ।

खासगरी मध्यपूर्वका देशहरु र मलेसियामा नेपाली कामदारहरु ठूलो संख्यामा अलपत्र रहेको अवस्थामा उनीहरुलाई निशुल्क नेपाल लैजाने व्यवस्था गर्नुपर्नेमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट नै चर्को भाडा असुल्ने तय भएको नेपाल जान चाहने नेपालीहरुले गुनासो गरेका छन् । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com