अर्घाखाँची मालारानीका मृतक पुरूषमा कोरोना पोजेटिभ


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको क्वारेन्टाईन बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

मालारानी गाउँपालिका- ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाईनमा ५७ वर्षीय पुरुषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका पिसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले जानकारी दिईन् । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com