भूमि फिर्ताको माग गर्दै एनआरएन क्षेत्रिय समितिले राष्ट्र संघमा ज्ञापन पत्र बुझायो


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रिय समितिले नेपालको अतिक्रमित भूमि फिर्ताको माग गर्दै संयुक्त राष्ट्र संघमा ज्ञापन पत्र बुझाएको छ । राष्ट्र संघको सुरक्षा परिषद्का लागी अमेरिकी राजदूत केली क्राफ्ट मार्फत भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

अमेरिकाज क्षेत्रिय संयोजक राजन त्रिपाठीका अनुसार ज्ञापन पत्रमा भनिएको छ – ‘कालि नदिपूर्वको भूभाग नेपालको हो भन्ने यथेष्ट प्रमाण हुँदाहुँदै भारतले सीमा अतिक्रमण गरेको छ, त्यो अतिक्रमित भूमि फिर्ताका लागि पहल गरिदिन हामी राष्ट्र संघलाई अनुरोध गर्दछौं ।’

संयोजक त्रिपाठीले भने-‘सुगौली सन्धीको बुँदा नम्वर ५ मा महाकाली नदिपूर्वको भाग नेपालको हुनेछ भनेर प्रष्ट लेखिएको छ, नेपालसंग यस्तै थुप्रै यथेष्ट प्रमाणहरु छन्, भन्ने कुरा समेत हामीले ज्ञापनपत्रमा उल्लेख गरेका छौं ।’

सन् १८१६ मा तत्कालिन भारत सरकार र नेपाल सरकारका बीच भएको सन्धिले महाकली नदिलाई नेपालको पश्चिम सीमा मानेको छ । महाकाली नदिको मुहान लिम्पियाधुरा भएको त्यसपूर्वको करिब ४ सय किलोमिटर भूमी भारतले बषौंदेखी अतिक्रमण गरेको र लिपुलेक हुदै तिब्बत जाने बाटो समेत बनाएको जानकारी समेत गराइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्ञापन पत्रको साथमा कालीको मुहान लिम्पियाधुरा हो भन्ने प्रमाणित नक्सा, त्यस क्षेत्रका जनताले नेपाल सरकारलाई तिरेको तिरो रसिद, जनगणना, स्थानिय निर्बाचनमा गरिएको मतदानको रेकर्ड साथमा नेपाली नक्सा समेत पेश गरिएको छ । राजदुत केलीका सल्लाहकार अहमद शामालाई संयोजक राजन त्रिपाठीले ज्ञापन पत्र हस्तान्तरण गरेका छन् ।

ज्ञापन पत्रको बोधार्थ अमेरिकी सिनेटको कार्यलय, अमेरिकी बिदेश मन्त्रालय, संयुक्त राष्ट्र संघका महासचिव, नेपालको परराष्ट्रमन्त्रालय र संयुक्त राष्ट्र संघका लागी नेपाली स्थायी नियोगलाई समेत बुझाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com