अहिले खर्च होइन, कोभिड- १९ को चिन्ता गरौँः प्रधानमन्त्री ओली


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

;f+;bsf k|Zgsf] hjfkm lbFb} k|d cf]nL sf7df8f}F, @* h]7 M ;+3Lo ;+;b ejg gofF afg]Zj/df a’waf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ljlgof]hg ljw]os, @)&& dfly k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no, /fli6«o of]hgf cfof]u, /fi6«klt sfof{nonufot ;DalGwt ljifodf p7]sf k|Zgx?sf] hjfkm lbFb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/M /Tg >]i7÷/f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा उहाँले भन्नुभयो, कहीँ कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर म दावी गर्दिन, भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिन, अहिले कोरोना रोकथाम र उपचारका लागि भएको खर्चको हिसाबको चिन्ता नगरौँ, कोभिड– १९ को चिन्ता गरौँ ।

राष्ट्रिय संकटका बेला, सिङ्गो दुनियाँमा यस्तो विपद् आइलागेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सह्य हुन नसक्ने बताउँदै उहाँले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने दृढता व्यक्त गर्नुभयो । हिसाब लेखापरीक्षक र आन्तरिक लेखा परीक्षण कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको हिसाब महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परीक्षकबाट हुने व्यवस्था रहेको जानकारी दिँदै उहाँले अहिले भएको खर्चमा पारदर्शिता कायम गरिने भएकाले चिन्ता नगर्न उहाँले सांसदलाई सुझाव दिनुभयो । नेपालमा हालसम्म पहिचान भएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिमा कोभिड –१९ संक्रमण भेटिएको बताउँदै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा परीक्षण गर्नुपरेका कारण केही अव्यवस्था देखिए पनि व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

कोभिड –१९ संक्रमणलगत्तै भारतबाट हालसम्म दुई लाख २२ हजार ६१४ जना नेपाली स्वदेश आएकामा हाल दैनिक पाँच हजार हाराहारीमा आएका छन् । एकलाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा एकैपटक क्वारेन्टिनमा राख्नुपरेको र पिसिआर टेष्ट गर्नुगरेको बताउँदै प्रधानमन्त्री ओलीले हालसम्म चार हजार ८५ जनामा कोरोना संक्रमण भेटिएको र संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिनुभयो । नेपालीमा प्रतिरोध क्षमता राम्रो मृत्यु भएका १५ जना कोरोनाकै मात्रै कारणबाट नभई कतिपय अरु रोगबाट सिकिस्त हुँदा कोरोना संक्रमण भएको बताउँदै उहाँले मृत्यु हुनेको संख्याको तुलनामा निको भएर फर्कनेको संख्या निकै राम्रो भएको उल्लेख गर्नुभयो ।

 नेपालीमा प्रतिरोध क्षमता राम्रो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीमा प्रतिरोध क्षमता र उपचारको प्रबन्ध निकै राम्रो भएकाले संक्रमित र अरु देशको तुलनामा मृत्यु हुनेको संख्या आगामी दिनमा ठूलो नहुने जिकिर गर्नुभयो । विदेशमा १४ हजार ४१४ गैरआवासीय नेपालीमा कोरोना संक्रमण रहेको तथा १३ मुलुकमा १२७ नेपालीको निधन भएको, अहिले दैनिक पाँच हजारको संख्यामा कोरोना परीक्षण भइरहेको र नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा सरकारले तदारुकताका साथ काम भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो । उहाँका अनुसार अहिलेसम्म पिसिआर प्रविधिबाट एक लाख ६ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनको क्षमता दुई लाख ३५ हजार ५९६ तयार गरिएको छ । सरकारी र निजी क्षेत्रका गरी अहिले मुलुकमा आठ हजार ३३ सामान्य शय्या र नौ सय भेन्टिलेटर छन् । एक सय चौरानब्बे अस्पतालमा एक हजार सात सय आइसियुको व्यवस्था छ ।

योजना आयोगको प्रभावकारिता बढ्दो

प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगले सरकारले दिएको समृद्ध नेपाल र सुखी नेपालीको कार्यक्रमलाई समय कार्यतालिका बनाएर पूरा गर्न योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले पञ्चवर्षीय योजना बनाएको छ, अनुगमन, मूल्याङ्कन, योजना बैँकमार्फत योजना बनाउने काम गरिरहेको छ । अत्यन्तै व्यवस्थित ढंगले योजना र कामलाई अघि बढाएको छ ।” आगामी आर्थिक वर्षको बजेटमा रकमको विनियोजन उपयुक्त ढंगले भएको पनि उहाँले बताउनुभयो । राष्ट्रिय समस्यामा सरकारको गम्भीरताका साथ ध्यान गएको बताउँदै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम गर्न सरकार तत्पर छ भन्नुभयो । भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याइएको पनि उहाँले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com