कालिकोट टिपर दुर्घटनाः २ जनाको मृत्यु, ६ जना बेपत्ता


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

कालिकोटको रास्कोटतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीलाई प्रहरीले दिएको जानकारी अनुसार ४ जना घाइते भएका छन् जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। जम्मा ३९ जना गएकोमा १७ जना दुर्घटनाअघि नै टिपरबाट झरेको र १० जनाको उद्दार गरिएको मन्त्री भण्डारीले जानकारी दिए। उनका अनुसार ६ जना बेपत्ता भएका छन्।

यसैबीच, घाइतेहरुको उद्दारको लागि हेलिकप्टर पठाउने तयारी गरिएको छ।मन्त्री भण्डारीले घाइतेहरुको उद्दारका लागि हेलिकप्टर पठाउन लागिएको जानकारी दिए। रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले अहिलेसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए। उनले भने, ‘म अहिले पनि बाटोमा नै छु, घटनास्थलमा पुग्दै छु। बाँकी विवरण त्यहाँ पुगेपछि थाहा होला।’भारतबाट फर्किएका रास्कोट नगरपालिकाका नागरिक बोकेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार बिहान कर्णालीमा खसेको हो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com