अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु


प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार

अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइन बसेका एक पुरुषको मृत्यु भएको छ । मालारानी गाउँपालिका- ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ बर्षिय यमप्रसाद खनालको उपचारका लागि बुटबल गएर फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीकी प्रमुख पुष्पा थापाले जानकारी दिइन । उनी १२ दिन अँघी भारतको महाराष्ट्रबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनलाई स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागी मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । उनको उपचार जिल्ला अस्पताल मा हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए । उनको गत २१ गते स्वाब परिक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट भने आई नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com