कोरोनाबिरुद्धको लडाईमा अमेरिकाबाट नेपाललाई झण्डै ८६ करोड सहयोग


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

कोरोनाबिरुद्धको लडाईमा अमेरिकाले मार्च यता नेपाललाई झण्डै ८६ करोड रुपैया सहयोग गरेको छ । मार्च यता ७३ लाख अमेरिकी डलर सहयोग गरिएको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ ।

मार्चमा १८ लाख डलर, अप्रिलमा २५ लाख डलर र अहिले ३० लाख डलर युएसएआइडीले नेपाल सरकार र नेपाली जनताको कोभिड १९ विरुद्धको लडाईंमा प्रदान गरेको हो । पछील्लो ३० लाख डलर कर्णाली र प्रदेश ५ मा कोभिड १९ लगायत अन्य स्वास्थ्य समस्यासँग जुध्न अझै बलियो प्रणाली र प्रतिकार्यको लागि सहयोग निर्माणमा खर्च हुने जनाइएको छ ।

फेब्रुअरी महिनामा नेपाली जनताको लागि पहिलो अन्तरराष्ट्रिय सहयोगीको रूपमा अमेरिकाले पीपीई र कोभिड१९ जाँच सामाग्री हस्तातरण गरेको थियो । त्यो यता अमेरिकाले ७ पटकसम्म ती सामाग्रीहरू पनि सहयोग गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘संकटको यस्तो घडी नै कुनै पनि साझेदारीको सच्चा परीक्षा हो र यस कठिन घडीमा र त्यसपछिको समयमासमेत हामी अझै उत्थानशील, स्वस्थ, समृद्ध र आत्मनिर्भर नेपालको निर्माणप्रति प्रतिबद्ध छौं,’ अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘थप सहयोगसँगै युएसएआइडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गर्दछु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com