न्युयोर्कमा आइतबार जन्मदिन मनाएका मदन थापाको सोमबार मृत्यु


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

न्युयोर्क निवासी ४० बर्षका नेपाली मदन थापाको मृत्यु भएको छ । आइतबार जन्मदिन मनाएका थापाको सोमबार आफ्नै निवासमा मृत्यु उनी कार्यरत कम्पनी सिप्लाले जनाएको छ ।

शनिबारसम्म पनि काममा गएका थापाको मृत्युको कारणबारे केही बताइएको छैन । थापाकी नेपालमा पत्नी र छोरी रहेको जनाइएको छ ।

थापा लङ आइल्याण्डमा बस्दै आएका थिए । बेलुका सुत्दा सकुशल रहेका उनी विहान मृत भेटिएका थिए ।

थापाको स्मृतिमा सिप्लाले परिवारको सहयोगका लागि गोफण्डमीमा रकम संकलन अभियान सुरु गरेको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com