अमेरिकामा अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दोले अनलाइनबाट पुम्से प्रतियोगिता गर्ने


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट पुम्से प्रतियोगिता गर्ने भएको छ । अनलाइनमार्फत दुईचरणमा पुम्से प्रतियोगिता हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले जानकारी दिएका छन् । प्रतियोगितामा जो सुकैले पनि भाग लिन पाउनेछन् ।

पहिलो चरणमा सबै रंगका बेल्टवालाहरुले आगामी जुन २० को प्यासेफिक समय राती १२ बजेअगाडि सम्म भिडियो पठाउन सकिनेछ । अन्तर्राष्ट्रिय रेफ्रीहरुले जुन २१ देखि २७ सम्म भिडियो हेरेर विजेता घोषणा गर्नेछन् । त्यसका लागि दर्ता खुलिसकेको छ ।

आफ्नो नाम दर्ता गर्न र भिडियो पठाउन यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै दोश्रो चरणमा ब्ल्याक बेल्टवालाहरुले जुलाई ११ को प्यासेफिक समय राती १२ बजेसम्म भिडियो पठाउन सक्नेछन् । जुलाई १२ देखि १८ सम्म अन्तर्राष्ट्रिय रेफ्रीहरुले भिडियो हेरेर विजेता घोषणा गर्नेछन् । त्यसका लागि जुन २१ पछि दर्ता खुल्नेछ ।

दिवाकर महर्जन

प्रतियोगिताबारेको विस्तृत सुचना प्याकेट यहाँ हेर्नुहोला ।

पुम्से प्रतियोगिताका निर्देशक ग्रयाण्डमास्टर दिवाकर महर्जन हुन् भने अन्तर्राष्ट्रिय सहभागिता अध्यक्ष सिनियर मास्टर लभ गोर्खाली हुन् ।

त्यस्तै इभेन्ट प्रोमोशनका चेयर सिनियर मास्टर विपिन श्रेष्ठ हुन् भने इन्टरनेशल रेफ्री चेयर सिनियर मास्टर रिचार्ड स्याक्स, पुम्से रेफ्री चेयर ग्रयाण्डमास्टर रेमण्ड हासु, भिडियो रिभ्युअर चेयर मास्टर अलेक्जेण्डर लिम हुन् । सफ्टवेयर टेक्निसियन को चेयरहरु केविन महर्जन र सुदिन महर्जन हुन् ।

मे १ र २ मा मिसिगनमा हुने भनिएको १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता भने कोरोनाको महामारीका कारण स्थगित भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com