डा. भट्टराईको अन्तर्वार्ताबारे स्पष्टीकरण सोधिएका रेडियो नेपालका कार्यकारी निर्देशकबाट राजिनामा


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

डाक्टर बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण सोधेका रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । केही समय अघि डा भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्कीलाई तीन दिने स्पष्टीकरण माग गरेको थियो ।

कार्कीले मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष राजीनामा पेस गरेका हुन् । २०६९ मङ्सिर १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट पहिलो पटक चार वर्षका लागि नियुक्त भएका थिए ।

कार्की २०७३ माघ ६ गते दोस्रो पटक थप चार वर्षका लागि नियुक्त भएका थिए । तर दोस्रो कार्यकालको ६ महिना अवधि बाँकी हुँदै कार्कीले पदबाट राजिनामा दिएका हुन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पङ्गु, निरङ्कुश शासक र भष्माशुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको भन्दै त्यसबारे तीन दिन भित्र स्पष्टीकरण पेस गर्न मन्त्रालयकी सहसचिव राधिका अर्यालले पत्र काटेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com