संविधान संशोधन विधेयकमा जसपाको पनि समर्थन


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

प्याकेजमै संविधान संशोधनको माग गर्दै आएका जनता समाजवादी पार्टी (जसपा) सरकारले दर्ता गराएको संविधान संशोधनको विद्ययेकमाथि समर्थन जनाएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समेट्न निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने जसपाका सांसदले समर्थन जनाएका हुन् ।

जसपाका सांसद लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने बताए । सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रियताको विषय आन्तरिक र बाह्य हुने भएकाले राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने भन्दै सररकाको तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने बताए। यस्तै सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियताको विषयमा शंका गरिएकोमा आपत्ति जनाए पनि विधेयकमाथि समर्थन गराए ।

उनले महाकाली सन्धी र सन् १९५० को सन्धीको विषयमा समेत छलफल गर्नुपर्ने बताए। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी हुन् ।जसमा जसपासहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com