देउराली यातायात अर्घाखाँचीले ८० लाख बराबरको राहत वितरण गर्ने


प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार

देउराली यातायात प्राली अर्घाखाँचीले लकडाउनका कारण मारमा परेका प्रालिका गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई ८० लाख बराबरको राहत वितरण गर्ने भएको छ । संस्थाको शनिवार बसेको सञ्चालक समितिको बैठकले गाडीधनी, चालक, सहचालक र कर्मचारीलाई ८० लाख रकम (राहत) वितरण गर्ने निर्णय गरेको देउराली यातायात प्राली अर्घाखाँचीका अध्यक्ष योगेन्द्र खड्काले बताए ।

बैठकले प्रति गाडी धनिलाई ४३ हजारका दरले राहत दिने निर्णय गरेको हो । यस्तै चालकलाई ५ हजार, सहचालकलाई २ हजार र कर्मचारीलाई प्रतिव्यक्ती ५ हजारका दरले राहत दिने निर्णय भएको संस्थाका बरिष्ठ उपाध्यक्ष भेषबहादुर क्षेत्रीले जानकारी दिए ।  बैठकले चालक, सहचालक र कर्मचारीको एक लाख बराबरको कोरोना बिमा समेत गर्ने निर्णय गरेको छ । यसअघी प्रालिले कोरोना भाइरसको महामारीसंग लड्न जिल्लाका ६ वटै पालिकाहरुलाई १ लाख १ हजारका दरले ६ लाख ६ हजार रुपैयाँ प्रदान गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com