नेपालकै पहिलो लघुबित्त संस्था निर्धन उत्थान लघूवित्तको काठमाडौं रामकोट शाखाका तर्फबाट २०७६ सालको प्लस टुमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रालाई छात्राबृत्ति प्रदान गरिएको छ । संस्थामा आवद्द समूह सदस्यका छोराछोरीहरुमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने निशा रञ्जितकारलाई छात्राबृत्ति प्रदान गरिएको हो ।
रामकोट शाखाका प्रबन्धक कल्पना खनालले संस्थाका तर्फबाट छात्राबृत्ति रकम हस्तान्तरण गर्नुभयो । बित्तीय संस्थाका संस्थापक अध्यक्ष डाक्टर हरिहरदेव पन्तको स्मृतिमा हरेक बर्ष प्रदान गर्दै आएको छात्रवृत्ति यस बर्षपनि प्रदान गरिएको हो । उक्त छात्राबृत्ति अन्तरगत नेपालका शाखा कार्यलयवाट दुई दुई जनालाई जनही ६ हजार नगद प्रदान गरिएको छ ।
बित्तीय संस्थाका संस्थापक अध्यक्ष स्व. डाक्टर हरिहरदेव पन्त
‘रामकोट शाखाले किस्ता उठाउने काममात्र नगरी सामाजिक उत्तरदायित्व पनि गरेको छ । हामीले ग्राहक सदस्यलाई सुत्केरी स्याहार, मृत्यु सस्कार खर्च, छात्राबृत्ति साथै कोरोनाको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा कर्जामा तीनप्रतिशत ब्याजदर छुट दिएका छौं ।’ – शाखा प्रबन्धक कल्पना खनालले जानकारी दिनुभयो ।
निर्धन उत्थान लघुबित्तका नेपालभर ७७ वटै जिल्लामा १८१ शाखा रहेका छन् । हरेक शाखामा आवद्द समूह सदस्यका छोराछोरीहरुमध्ये दुईदुई जनाका दरले हरेक बर्ष छात्राबृत्ति प्रदान गर्दै आएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।