राधाकृष्ण देउजाको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च अमेरिकाको कार्यदल


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको केन्द्रिय समितीको वैठकले संगठन विस्तारका लागि संवाद सहमति र सहकार्यको निम्ती राधाकृष्ण देउजाको नेतृत्वमा कार्यदल निर्माण गरेको छ । देउजाको संयोजकत्वमा बनाइएको टिममा संगठनका वरिष्ठ नेता भिम कार्की , उपाध्यक्ष सिता खरेल , महासचिव शंकर पन्त र प्रवक्ता कमल ओझा सम्मिलित छन् ।

वैठकले संगठनले अहिलेसम्म गर्दै आएको सामाजिक र सांगठानिक कार्यहरुको समिक्षा गरेको थियो । सवै मिलेर निष्ठापुर्वक गरेको सामाजिक कामले गर्दा संगठन लोकप्रिय हुँदै गएको बैठकले निष्कर्ष निकालेको छ ।

संगठनको सकृयता र लोकप्रियतालाई व्यापक बनाउन संगठनको नाम , नीति र कार्यक्रमहरु प्रति आस्था राख्ने सवैलाई आवद्धता सहितको सक्रियताको ग्यारेण्टी गर्न आवश्यक साथीहरुससँग सर सल्लाहका लागि टिम बनाइएको मञ्चका संयोजक टेक गुरुङले जानकारी दिए ।

विगतमा प्रवासी नेपाली एकता मंच र जनप्रगतिशील मंचको एकता गर्ने कार्यदलमा समेत रहेका देउजाको संयोजनमा बनेको टिमले प्रवासी नेपाली एकता मञ्चलाई सुदृढ एकता सहितको व्यापकतामा लैजाने आफूले विश्वास गरेको र टिमलाई सर्वाधिकार दिइएको गुरुङले जानकारी दिए ।

अमेरिकामा कोरोनाको महामारीबाट प्रभावित नेपालीहरुलाई प्रवासी नेपाली एकता मञ्च अमेरिकाको पहलमा उल्लेख्य सहयोग गरिदै आएको छ । न्युयोर्कमा कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समूहसँग मिलेर र छुट्टै समेत मञ्चले सहयोग उपलब्ध गराएको छ ।

न्युयोर्क बाहिर समेत कोरोनाको महामारीबाट प्रभावित नेपालीहरुलाई मञ्चका तर्फबाट सहयोग उपलब्ध गराइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com