कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । अपरान्ह चार बजेका लागि बैठक बोलाइएको छ । लामो समय लकडाउन हुँदा सर्वसाधारण त्यसको चरम मारमा परेको कारण सरकारले थप समस्या सिर्जना हुन नदिन र त्यसको विकल्पको खोजी गर्ने एक मन्त्रीले बताए ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै ५ घण्टा विज्ञहरुँग लकडाउनको मोडालिटी र कोरोना रोकथामबारे छलफल गरेका थिए । विज्ञले पनि बन्दाबन्दीका अवस्थामा हेरफेर गरि आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन सुझाव दिएका थिए । चैत ११ यता लकडाउन कायम छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।