बागलुङको बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पुर्याइएको छ । ११ दिनअघि गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी भएकी पोखरेललाई उच्च रक्तचाप, बेहोस हुने जस्ता समस्या देखिएपछि मङ्गलबार दिउँसो आकस्मिक उद्धार गरिएको हो ।
राष्ट्रपति मातृ सुरक्षा कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी हेलिकोप्टरबाट पोखरा पठाइएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए। पोखरेलको अहिले गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।