न्युयोर्कमा पब्लिक स्कुलमा पढ्ने बच्चाका परिवारलाई हरेक बच्चा ४२० डलर


प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार

न्युयोर्क सिटीमा पब्लिक स्कुलमा पढ्ने बच्चाका परिवारलाई हरेक बच्चाको दरले ४२० डलर प्रदान गरिने भएको छ । विगतमा निशुल्क वा सस्तोदरमा बच्चाका लागि स्कुलमा खानेकुरा पाइरहेका न्युयोर्कबासीहरुले यो सुविधा पाउने भएका छन् ।

न्युयोर्कमा रहेका त्यस्ता परिवारका लागि ८ सय ८० मिलियन डलरभन्दा धेरै रकम खर्च गरिने भएको छ । फेमिलिज फस्ट कोरोना भाइरस रेस्पोन्स एक्टको भागका रुपमा यो रकम जुन महिनामा प्रदान गरिने भएको छ ।

पेन्डामिक इलोक्ट्रानिक बेनिफिट ट्रान्सफर नाम दिइएको यो सुविधा अन्तरगतको रकम पहिले नै इबीटी कार्ड लिएकाहरुको सन्दर्भमा जुनको सुरुतिर स्वत त्यही कार्डमा पठाइने भएको छ । तर इबीटी नलिएकाहरुको सन्दर्भमा भने यो सुविधा कसरी प्राप्त गर्ने भन्ने व्याख्यासहित सुचना पठाइनेछ ।

यसरी प्राप्त हुने पेन्डामिक इलोक्ट्रानिक बेनिफिट ट्रान्सफर अर्थात् पी ईबीटी पब्लिक चार्जमा गणना गरिदैन । महिला र बालबालिकाका लागि पोषण कार्यक्रम डब्ल्युआईसी, आपतकालिन खाद्य सहायता कार्यक्रम र घरमा डेलिभरी गरिएका खानापनि पब्लिक चार्जमा पर्दैन ।

यो कार्यक्रमबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com