एमसीसी : संसदले फैसला गरे अनुसारै अघि बढ्ने नेकपाकाे निर्णय


प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार

नेकपा सचिवालय बैठकले अमेरिकी सहयाेग ‘एमसिसी परियोजना’ हाल संसदमा विचाराधीन रहेको र संसदबाट अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने निर्णय गरेकाे छ ।

पार्टीभित्रै छलफल नगरी एमसीसी परियाेजना बजेटमा समावेश गरेकाे भन्दै नेकपा नेताहरूले असन्तुष्टि जनाएपछि शनिबार अाकस्मिक रूपमा सचिवालय बैठक बाेलाइएकाे थियाे । बैठकमा संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालिएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘एमसिसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि गर्नुपर्ने काम छन् ती अनुमोदन भएपछि नै गर्ने समझदारी भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने।’

उनले याे विषय अहिले संसदमा विचाराधीन रहेकाेले बजेटको व्यवस्था पनि त्यही अनुसार हुने कुरालाई स्पष्ट पारिने बताए । प्रधानमन्त्रीले संसदलाई जानकारी गराअनुसार नै एमसीसी सम्झौता यदि संसदबाट अनुमोदन भएमा त्यसैअनुसार हुने र नभए बजेटकाे व्यवस्था खारेज हुने उनकाे भनाइ थियाे । सदनबाट पारित हुन नसकेमा वैकल्पिक व्यवस्थाबारे सरकारले साेच्ने समेत उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थमन्त्रीले बिहीबार संसदमा प्रस्तुत गरेकाे बजेट वक्तव्यमा सम्भावित बैदेशिक अनुदान सहायता सम्बन्धी अनुसूचीमा एमसीसीको ५ अर्ब ७३ करोड रुपैयाँ सम्भावित स्रोतमा राखिएको छ ।यसअघि एमसीसी सम्झौता बारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले सम्झाैता संशाेधन नगरी यथास्थितिमा पारित गर्न नहुने प्रतिवेदन बुझाएकाे थियाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com