जुन २ मा काठमाडौंबाट टर्किश एयरलाइन्सको विमान इस्तानबुलहुँदै शिकागो आउने


प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार

आगामी जुन २ मा काठमाडौंबाट टर्किश एयरलाइन्सको विमानले इस्तानबुलहुँदै शिकागो उडान गर्ने भएको छ । टर्किश एयरलाएन्सले टिकटका लागि मेगाबाइट ट्राभल एण्ड टुर्ससँग काम गरिरहेको जनाइएको छ ।

उक्त उडानमार्फत अमेरिका आउन चाहने व्यक्तिले मेगाबाइट ट्राभल एण्ड टुर्सका बेनाजिर खानलाई 98011 35988 नम्बरमा र चित्रा गुरुङलाई 98510 38109 नम्बरमा सम्पर्क गर्न सकिने अमेरिकी दूतावास काठमाडौंले जानकारी दिएको छ । उक्त उडानमार्फत अमेरिका आउन चाहने तर काठमाडौंबाहिर रहेका अमेरिकी नागरिकले अमेरिकी दूतावासमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

दूतावासमा सम्पर्क गर्दा काठमाडौंबाहिरबाट काठमाडौं आउने गाडीको नम्बर, आफू बसिरहेको स्थान, काठमाडौं आउँदा गाडी चलाउने व्यक्तिको नाम, सम्पर्क र लाइसेन्स नम्बर तथा काठमाडौं आएपछि बस्ने स्थानको बारेमा जानकारी दिन सुझाव दिइएको छ ।

उक्त उडानमार्फत अमेरिकी नागरिक, ग्रिनकार्डवाहक, पहिले नै आप्रवासी वा गैरआप्रवासी भिसा लिइसकेका व्यक्ति, ट्राभल डकुमेन्ट वा अन्य कागजातमा नेपालमा गएर उतै अड्केका व्यक्तिहरु अमेरिका आउनसक्ने सम्भावना रहेको छ । तर विस्तृत जानकारीका लागि भने मेगाबाइट ट्राभल एण्ड टुर्समा सम्पर्क गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com