नेपाली दूतावास लण्डनले गर्यो पार्कमा सुतिरहेका नेपालीको उद्दार


प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार

बेलायतमा रहको नेपाली दूतावासले पार्कमा सुतिरहेका एक जना नेपालीको उद्दार गरेको छ । घर मालिकसँग झगडा भएपछि घर छाडी हिँडेका नेपाली कतै बस्ने ठाउँ नपाएपछि पार्कमा सुतिरहेका थिए ।

कोही आफन्त पनि नभएकाले पार्कमा सुतिरहेको अवस्थामा दूतावासले उद्दार गरेको जनाइएको छ । घरेलु कामदारका रुपमा बेलायतमा काम गरिरहेका उनी घरमा सामान्य मनमुटाव भएपछि घर छाडेर हिडेको र कसैसँग व्यक्तिगत चिनजान नभएकाले रातभर पार्कमै सुत्नुपरेको दूतावास श्रोतले जानकारी दिएको छ ।

पश्चिम लण्डनको एक पार्कमा एक रात बिताएका ती नेपालीलाई काम गरिरहेकै घरमा फर्काउन खोजिएपनि भारतीय घर मालिकले एक रात बाहिर बसिसकेको अवस्थामा घर ल्याउँदा आफ्ना बृद्धबृद्धा आमावुवालाई कोरोना संक्रमणको उच्च जोखिम हुने भएकाले कामदार फर्काउन अस्वीकार गरेका छन् ।

ती नेपालीका लागि बेलायतस्थित एक जना सामाजिक अभियन्ताले खान र बस्ने व्यवस्था गरेका छन् । ती नेपालीलाई पहिले काम गरेको स्थानमा भन्दा दोव्वर तलवसहित बस्न र खान व्यवस्था मिलेको छ ।

त्यसबाहेक थप चार जना घरेलु कामदार नेपालीहरु आफूले काम गरिरहेको घर छाडी हिँडेकामा दूतावासले सम्झाई बुझाई काम गरेकै स्थानमा फर्काएको छ । उनले घरलु कामदारका रुपमा आएका नेपालीहरुमा यस्तो समस्या देखिएको जनाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com