नासोद्वारा रुकुम घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाल सरकारसंग माग : मानवअधिकार र लोकतान्त्रिक समाजको खिल्ली उडाएको ठहर


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

बाल्टीमोर ।

पश्चिम रुकुम स्थित चौरजहारीमा ६ जनाको ज्यान जाने गरि भएको सामूहिक हत्याका विरुद्द नासो कम्यूनिटी अमेरिकाले घोर निन्दा र भर्त्सना गरेको छ।

नासो अमेरिकाका अध्यक्ष गोपाल विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै आजको २१ औं शताब्दी आएर पनि नेपालको दलित भएकै कारण २१ बर्षका नबराज बिक र उनका साथीहरू माथी भएको सामुहिक र सुनियोजित हत्याकाण्डप्रति नासो कम्युनिटी अमेरिका गम्भीर चासो ब्यक्त गरेको कुरा बिज्ञप्तिमा जनाइएको छ। साथै उक्त घटनाको घोर भर्त्सना गर्दै बर्बरता पुर्बक गरिएको उक्त घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गरेको छ ।

रुकुमको यस घटनाले दलितहरुको आत्मसम्मान र मनाबधिकारको मात्र हनन भएको छैन कि, दलितहरुको बाँच्न पाउने अधिकारको समेत हनन भएको छ। घटनाले नेपालमा जातीय भेदभाब जस्तो अमानबिय प्रथा कायमै रहेको मात्र नभई जकड़ीएर रहेको प्रस्ट हुन्छ। यसले नेपालको संबिधान र कानुनमा भएको जातिय छुवाछुत बिरोधि व्यवस्थाहरुको उलंघन मात्र गरेको छैन कि लोकतान्त्रिक समाजको खिल्ली समेत उडाएको छ। बिज्ञप्तिमा भनिएको छ -“ अझ त्यसमाथि छानबिनलाई प्रभावित बनाई घटनामा सलंग्न दोषिहरूलाई उम्काउन गरिएका सबैखालका षड्यन्त्रहरु प्रति समेत खबरदारी गर्न चाहन्छौ।” घटनाको निस्पक्ष छानबिन गर्न विशेष प्रकारको संसदिय छानबिनको माग पनि गरेको छ।

हामी घटनाको यस स्थितिमा जातीय भेदभाब विरुद्धको अझ कडा र सार्थक आन्दोलन आवश्यक भएको हुँदा दलित तथा मनाबअधिकारका लागि क्रियाशील सबै संघ-संगठनहरुलाई एकताबद्द भै निर्णायक आन्दोलनको लागि पनि अपिल गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com