बजेटको आकार घट्यो : आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो। बजेट स्रोतको संकुचन भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ।

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो।

अर्थमन्त्रीले चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब रूपैयाँ विनियोजन गर्नुभएको छ । यो कूल बजेटको ६४।४ प्रतिशत हो। त्यसैगरी, पूँजीगत खर्चतर्फ तीन अर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको २३.९ प्रतिशत हो। त्यसैगरी, वित्तीय व्यवस्थातर्फ १ खर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको ११ प्रतिशत बराबर हो। आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खबै ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com