रूकुम घटनामा पत्रकार महासंघको गम्भीर ध्यान आकर्षण : भ्रामक समाचार सामग्री संप्रेषण नर्गन अनुरोध


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

नेपाल पत्रकार महासंघले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध भएको महासंघले ठहर गरेको छ।

‘मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघको ठहर छ’ महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ। सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघ सरकारको गम्भीर ध्यानार्कषण गराउँदछ।’

साथै, सोही घटनाका विषयमा भ्रामक समाचार सामग्री संप्रेषण नर्गन र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्रीमात्र संप्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकहरुलाई महासंघले अपिल पनि गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सत्यतथ्यमा आधारित अभिव्यक्ति सम्प्रेषण गर्न महासंघको आग्रह छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com