गिरिजा प्रसाद कोइराला फाउण्डेशनबाट न्युयोर्कमा सातौंपटक खाद्य सामाग्री वितरण


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कमा सातौंपटक निशुल्क खाद्य सामग्री वितरण गरेको छ । ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्ससँगको सहकार्यमा द क्याम्पेन एगेन्स्ट हङ्गरमार्फत ज्याक्सनहाइटमा रहेको फाउण्डेशनको कार्यालय अगाडिवाट खाद्यसामाग्री वितरण गरिएको हो ।

प्रेसिडेन्ट एरिक अडाम्सले फाउण्डेशन मार्फत २५० ब्याग ड्राइफुड सहयोग स्वरुप प्रदान गरेका थिउ । उपलब्ध खाद्य सामग्रीहरु सामाजिक दुरी कायम गरेर पहिले आउनेहरुलाई पहिले प्रदान गरिएको थियो ।

नेपाली लगायत विभिन्न समुदायका व्यक्तिलाई खाद्यसामाग्री वितरण गरिएको गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । १५० ब्याग खाद्यसामाग्री ज्याक्सनहाइटबाट, १०० ब्याग रिजउड र ब्रुक्लीनबाट वितरण गरिएको हो ।

खाद्य सामग्री वितरणमा स्वयंसेवकहरु फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य सुर्य सीमखडा र नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदी लगायत थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपस्थित भएर रिजहुड नेपाली समाजका पुर्व अध्यक्ष रवि किरण कोइराला, एनआरएनए आईसीसी सदस्य प्रमोद सिटौला, नेजससअ न्युयोर्कका पुर्व संयोजक बिनोद सुवेदी, नेविसघं अमेरिकाका पुर्व अध्यक्ष प्रभात सापकोटा, युएनआई ग्लोबल युनियन नेपालकी प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्तले पनि सहयोग गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com