न्युयोर्क सिटीमा जगणना भर्नेबाट छानेर एकहजार डलरका गिफ्ट कार्ड दिइने


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

न्युयोर्क सिटी सेन्सस २०२० ले सिमलेससँगको सहकार्यमा न्युयोर्क सिटीमा जगणना भर्नेबाट छानेर एकहजार डलरका गिफ्ट कार्ड दिने भएको छ । यस्ता गिफ्टकार्डहरु १० जनालाई उपलब्ध गराइने भएको छ ।

जनगणनामा सहभागी हुनेहरुबाट छानेर गिफ्टकार्ड उपलब्ध गराइने भएको छ । यो योजना न्युयोर्क सिटीका बासिन्दाहरुका लागिमात्र ल्याइएको हो ।

प्रतियोगितामा सहभागी हुनका लागि अनलाइन वा फोनमार्फत जनगणनाको फर्म भरिसकेपछि कन्फर्मेशन पेजको स्क्रीनशट वा तस्वीर लिएर न्युयोर्क सिटी सेन्सस २०२०लाई पठाउनुपर्नेछ । यसरी प्राप्त भएका आवेदनहरुका आधारमा छनौट गरेर पुरस्कार प्रदान गरिनेछ ।

आफ्नो स्क्रीनशट पठाउन यहाँ क्लीक गर्नुहोला ।

हरेक हप्ता विजेताको छनौट गरिनेछ भने आगामी १० हप्तासम्म विजेताहरुको छनौट गरिने जनाइएको छ । एकपटक प्रतियोगितामा सहभागी भएको व्यक्तिले रकम नजितेमा १० हप्तासम्मकै प्रतियोगितामा सहभागी गराइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com