अर्घाखाँचीका दुई जनामा कोरोना पोजेटिभ


प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार

अर्घाखाँचीमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टाईनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ बर्षका दुई पुरुषमा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखा परेको छ । गत जेठ २ गते भारतको रायबरेली बाट पैदल हिंडेरै पाँच जना गृहजिल्ला आईपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८ को विद्यालयमा क्वारेन्टाईनमा राखिएको थियो ।

गत जेठ १० गते शनिवार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरुसंगै आएका अन्य तिन जनाको भने पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com