तपाईले बेरोजगारी विमा रकमको निर्धारकपत्र ढिलो पाउनुभयो ? अब के गर्ने ?


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

तपाईले बेरोजगारी विमा रकमका लागि आवेदन दिइसकेपछि तपाईलाई राज्यको डिपार्टमेन्ट अफ लेवरले रकम निर्धारण गरेको पत्र पठाउँछ । कतिपय व्यक्तिले यो पत्र अहिलेसम्म प्राप्त नगरेको हुनसक्छ वा कतिपयले यो पत्र प्राप्त गर्दासम्म जवाफ दिने म्याद नाघिसकेको हुनसक्छ ।

यदि तपाईले साप्ताहिक रकम निर्धारक पत्र प्राप्त गर्नुभएको छ भने तपाईले केही कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । तपाईले पत्र प्राप्त गरिसकेपछि तुरुन्त खोल्नुहोला र तपाईले विगतमा काम गर्दा प्राप्त गरेको तलब सही उल्लेख भए नभएको चेक गर्नुहोला । तपाईले विगतमा काम गरेको विवरण ज्याला सम्बन्धि प्रणालीले डिपार्टमेन्ट अफ लेवरलाई दिएको हुन्छ ।

यदि तपाईले काम गरेवापत पाएको रकमको विवरण सही छैन भने पुनर्विचारको अनुरोधपत्र भरेर पठाउनुहोला । वा बैकल्पिक आधार अवधिको अनुरोध भरेर पठाउनुहोला । त्यस्तै पत्रमा कुनै रोजगारदाताको नाम, जागिर वा आम्दानी छुटेको छ भने पनि उक्त विवरण भरेर तुरुन्त पठाउनुहोला । यी फर्महरु ह्याण्डबुकमा पनि उल्लेख छन् ।

पुनर्विचारको अनुरोधपत्र

बैकल्पिक आधार अवधिको अनुरोध

तपाईले प्राप्त गरेको पत्रमा जवाफ दिने डेडलाइन पनि उल्लेख गरिएको हुन्छ । अहिले अमेरिकी हुलाकप्रणालीमा भएको ढिलाईका कारण तपाईले पत्र प्राप्त गर्दासम्म डेडलाइन समाप्त भइसकेको हुनसक्छ । अर्थात् तपाईले डेडलाइन सकिएपछि पत्र प्राप्त गरेको पनि हुनसक्छ । यो अवस्थामा पत्रमा पोष्टमार्कको मितिले तपाईले ३० दिनभित्र जवाफ पठाउन सक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । यो अवस्थामा तपाईले पत्रमा उल्लेख भएको डेडलाइनमा जवाफ पठाउन अनिवार्य छैन ।

यदि बेरोजगारी विमा रकम निर्धारक पत्रमा तपाईको साप्ताहिक रकम शुन्य उल्लेख भएको छ भने तपाई पीयुएका लागि योग्य हुनसक्नुहुनेछ । यदि तपाईले पीयुएका लागि आवेदन दिनुभएको थिएन भने तपाई तत्कालै डिपार्टमेन्ट अफ लेवरको वेवसाइटमा गएर आवेदन दिनुहोला । पहिले नै पीयुएको आवेदन दिनुभएको थियो भने पुन दिनुपर्दैन ।

यदि तपाईको पीयुए आवेदन पहिले नै स्वीकृत भइसकेको छ र रकम प्राप्त गर्न थालिसक्नुभएको छ भने तपाईले कुनै थप प्रकृया चाल्न आवश्यक छैन । तर तपाईले अनलाइनमा गएर साप्ताहिक रुपमा प्रमाणिकरण गर्न भने छाड्नुहुँदैन ।

यदि तपाईले पीयुएका लागि आवेदन दिनुभएको थियो तर रकम प्राप्त गरिसक्नुभएको छैन भने इमेल, टेक्स्ट वा पत्रमा ध्यान दिनुहोला । यदि तपाईले काम नगरेका विगतका हप्ताको रकम पाउनुभएको छैन भने तपाईले उक्त रकम छिट्टै प्राप्त गर्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । यदि तपाईले कुनै हप्ताको साप्ताहिक प्रमाणिकरण छुटाउनुभएको भएपनि तपाईलाई इमेलमार्फत प्रमाणिकरणको अवशर प्राप्त हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com