तपाईले अहिलेसम्म पाउनुभएन १२ सय डलरको राहत ? यस्ता हुनसक्छन् कारण


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

अमेरिकी सरकारको कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अधिकांश करदाता र कैयन कर तिर्न नपर्नेहरुलाई समेत १२ सय डलरको राहत रकम उपलब्ध गराएको छ । यदि तपाई राहत रकम प्राप्त गर्नका लागि योग्य हुनुहुन्छ तर अहिलेसम्म राहत रकम पाउनुभएको छैन भने तपाईले अब चिन्ता गर्नुपर्ने बेला आएको छ ।

आईआरएसले अहिलेसम्म डेढसय मिलियन भन्दा धेरैलाई राहत रकम पठाइसकेको छ । अधिकांशलाई बैंकमा पठाइएको छ भने लाखौंले चेकमार्फत पनि प्राप्त गरेका छन् । पछिल्लो चरणमा आईआरएसले डेबिट कार्डमार्फत पनि रकम पठाएको छ । तर तपाईले अहिलेसम्म पनि रकम पाउनुभएको छैन भने यसबारे सोधीखोजी गर्ने बेला भएको छ ।

यदि तपाईको आम्दानी तोकिएको भन्दा धेरै छ भने तपाई राहत रकम पाउन अयोग्य हुनुहुनेछ । अर्थात् तपाईको आम्दानी बार्षिक ९९ हजार डलरभन्दा धेरै छ भने तपाईले राहत रकमको कुनै पनि अंश पाउनुहुन्न । त्यस्तै संयुक्त ट्याक्स फाइल गरेका दम्पत्तिको आम्दानी १ लाख ९८ हजार भन्दा माथि छ भने पनि तपाईले रकम पाउनुहुन्न ।

तपाई घरमुलीका रुपमा हुनुहुन्छ र तपाईको आम्दानी १ लाख ४६ हजार ५ सय भन्दा धेरै छ भने पनि राहत रकम पाउनुहुन्न । त्यस्तै बच्चाबच्चीका बाबुआमा १६ बर्ष वा त्यो भन्दा कम उमेरको भएको खण्डमा पनि उनीहरुले राहत रकम प्राप्त गर्दैनन् ।

मे २२ सम्म आइआरएसले १५२ मिलियनलाई राहत रकम पठाइसकेको छ । तर कतियलाई अझै पनि रकम पठाइएको छैन । यदि आईआरएसले तपाईलाई रकम पठाउने मिति अलिक पछिका लागि तय गरेको खण्डमा पनि तपाईले राहत रकम प्राप्त गरिनसकेको हुनसक्छ ।

आईआरएसले बैंकमा रकम प्राप्त गर्न चाहनेहरुलाई मे १३ सम्म अनलाइनमार्फत साइनअप गर्ने मौका दिएको थियो । तर त्यतीबेलासम्म पनि साइनअप नगर्नेहरुलाई आईआरएसले हुलाकमार्फत चेक वा डेबिट कार्ड पठाउँछ । यसरी चेक वा डेबिटकार्ड पठाउन जुनसम्म पनि लाग्नसक्छ ।

तपाईले डाइरेक्ट डिपोजिटको सुचना त दिनुभयो तर तपाईले उक्त सुचना दिनुअगाडि नै आईआरएसले तपाईलाई चेक पठाउने तयारी गरेको रहेछ भने पनि तपाईको रकम आउनमा ढिलाई हुनसक्छ । यस्तो अवस्थामा १४ दिनसम्म लाग्नसक्ने आईआरएसले जनाएको छ ।

यदि आईआरएससँग भएको तपाईको बैंकको विवरण आउट अफ डेट रहेको छ वा अद्यावधिक छैन भने पनि आईआरएसले तपाईलाई हुलाकमार्फत चेक पठाउनसक्छ । कतिपय करदाताले कर फाइल गर्दा प्रिपेड डेबिट कार्ड लगायत अस्थायी प्रकारको बैंक सुचना पनि प्रदान गर्छन् । यस्तो अवस्था उक्त विवरण पछि अप टु डेट हुँदैन । त्यसैले त्यस्ता बैंक एकाउन्टमा आइआरएसले रकम पठाउन सक्दैन । कुनै कारणवश आईआरएससँग भएको तपाईको बैंक विवरण अद्यावधिक नभएमा तपाईलाई आईआरएसले हुलाकमार्फत चेक वा डेबिट कार्ड पठाउँछ ।

कहिलेकाँही तपाईको बैंकले डाइरेक्ट डिपोजिट प्रकृयामा लैजान समस्या हुनसक्छ । यस्तो अवस्थामा बैंकले रकम आईआरएसलाई नै फिर्ता गर्छ । रकम फिर्ता हुँदासम्म कुरेपछि आईआरएसले आफ्नो फाइलमा रहेको ठेगानामा चेक पठाउँछ । यदि तपाईले युएसपीएसमा ठेगाना परिवर्तन गर्नुभएको छ भने उक्त ठेगाना आईआरएससँगपनि हुन्छ । त्यसैले विगतमा ट्याक्स फाइल गरेको ठेगानामात्र नभई युएसपीएसमा अद्यावधिक ठेगानामा आईआरएसले चेक पठाउँछ ।

यदि तपाईले विगतमा चाइल्ड सपोर्ट तिर्नुपर्ने थियो भने पनि तपाईले पाउने राहत रकम कम हुने हुनसक्छ । यो अवस्थामा तपाईले पाउने राहत रकम सम्पूर्ण रुपमा घटाइएको पनि हुनसक्छ । फिस्कल सर्भिस ब्यूरोले यसबारे तपाईलाई सुचना पठाउँछ ।

त्यस्तै दावी गरिएको डिपेन्डेन्ट बच्चा रकम प्राप्त गर्नका लागि योग्य नहुनसक्छ । यदि बच्चाका बाबुआमा एकअर्कासँग विवाहित नभएको खण्डमा र उनीहरुले ज्वाइन्ट ट्याक्स फाइल नगरेको सम्बन्धमा एउटै बच्चाका लागि दुबैले रकम दावी गर्न पाउँदैनन् । त्यस्तै अरुप्रति आश्रीत कलेजका विद्यार्थी पनि रकम पाउन योग्य हुँदैनन् ।

यदि तपाईको आम्दानी कम भएका कारण सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल गर्नुभएको थिएन भने तपाईले आईआरसको ननफाइलर्स टुलमार्फत रकमका लागि आवेदन दिनुपर्छ । सन् २०१९ को अन्त्यसम्ममा अमेरिका आएका तर ट्याक्स फाइल नगरेका ग्रिनकार्डवाहकसमेत यसका लागि योग्य हुन्छन् ।

तपाईका अरु कुनै प्रश्नहरु छन् ? अब तपाईले त्यसको पनि जवाफ पाउनुहुनेछ । आईआरएसले तपाईका प्रश्नको जवाफ दिनका लागि ३५ सय भन्दा बढी फोन उठाउने प्रतिनिधिहरु थप्दैछ । तपाईले फोन गरेर जानकारी लिन सक्नुहुनेछ । उनीहरुले आर्थिक राहत रकमका बारेमा तपाईका प्रश्नहरुको जवाफ दिनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com