कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु


प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट विदेशमा रहेको ११७ जना नेपालीको ज्यान गएको छ। विभिन्न देशमा रहेको नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो हप्ता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएसँगै शनिबार बेलुकासम्म ज्यान गुमाउनेको संख्या ११७ पुगेको हो ।

तथ्यांकअनुसार यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।

एनआरएनएको स्वास्थ्य समिति संयोजक डा। सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरेबियामा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com