भोलि नेपालबाट कतार एयरवेजको चार्टड विमान उड्ने, दोहा हुँदै अमेरिका आउन सकिने


प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार

भोलि नेपालबाट कतार एयरवेजको जहाज उड्ने भएको छ । यो उडानका लागि प्रेसिडेन्ट ट्राभलले व्यवस्था मिलाएको हो । यो उडानमार्फत कतारको दोहा आएर त्यहाँबाट अमेरिका आउनसकिने सम्भावना रहेको छ ।

यो उडानमार्फत ग्रिनकार्ड भएका अमेरिका आउन चाहने केही नेपालीहरु अमेरिका आउने अपेक्षा गरिएको छ । साथै यो उडानमार्फत नेपालमा अड्केका केही अमेरिकी नागरिकहरुपनि अमेरिका आउने अपेक्षा गरिएको छ । यो चार्टड फ्लाइट नेपालबाट दोहासम्मका लागि तय गरिएको छ भने दोहाबाट नियमित उडानमार्फत नै अमेरिका आउन सकिनेछ ।

तत्कालका लागि मे २४ को कतार एयरवेजको चार्टड फ्लाइटमात्र नेपालमा रहेका ग्रिनकार्डवाहक र अमेरिकी नागरिकहरु अमेरिका आउनसक्ने फ्लाइट रहेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । अरु उडानहरु चार्टड गर्नेबारे पनि छलफल भइरहेको र त्यसका लागि सम्बन्धित कम्पनी वा व्यक्तिलाई सम्पर्क गर्न सकिनेछ ।

अमेरिकी सरकारले यसअगाडि नेपालबाट दुईवटा चार्टड विमानमार्फत आफ्ना सयौं नागरिकहरु अमेरिका ल्याइसकेको छ । तत्कालका लागि अमेरिकी दूतावासले कुनै फ्लाइड चार्टड नगरेको र कसैले अमेरिकी दूतावासको स्पोन्सर रहेको बताएमा त्यो दूतावासको अनुमति बेगर रहेको दूतावासले स्पष्ट पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भोलिको उडानमार्फत अमेरिका आउन चाहनेले २५ सय डलरसम्म तिनुपर्ने हुनसक्ने अमेरिका आउने योजनामा रहेका एकजनाले खसोखासलाई बताएका छन् । यो उडानका लागि टिकट लगायतको व्यवस्था प्रेसिडेन्ट ट्राभलले नै गरेको छ । दूतावासको कुनै सहभागिता छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com