टीपीएसबारे नाइन्थ सर्किटको निर्णय र वास्तविकता


प्रकाशित मिति : चैत्र २६, २०७३ शनिबार

अमेरिकाको पश्चिमी क्षेत्रका कैयन राज्यहरुमा बसेर टीपीएस प्राप्त गर्नेहरुको हैसियत ‘एड्जस्टमेन्ट अफ स्टेटस’का सन्दर्भमा अब अन्य गैर आप्रवासी भिसामा रहेकाहरुको सरह हुने भएको छ ।’एड्जस्टमेन्ट अफ स्टेटस’का सन्दर्भमा अमेरिकामा गैर आप्रवासी भिसामा रहेकाहरुले जस्तो प्रकारको कानुनी हैसियत प्राप्त गर्छन् वा जुन प्रकारका आप्रवासी वा कानुनी स्टेटसका लागि आवेदन दिन पाउँछन् त्यो हैसियत अब त्यसक्षेत्रमा बस्ने टीपीएस प्राप्त गरेकाहरुले पनि पाउने भएका छन् ।

अमेरिकाको नाइन्थ सर्किटका लागि कोर्ट अफ अपिलले गरेको निर्णय अनुशार नाइन्थ सर्किटको कार्यक्षेत्रभित्र पर्ने टीपीएस प्राप्त व्यक्तिले ‘एड्जस्टमेन्ट अफ स्टेटस’का सन्दर्भमा गैरआप्रवासी कानुनी हैसियत प्राप्त गर्ने भएका छन् । नाइन्थ सर्किटले अलास्का, क्यालिफोर्निया, हवाई, आइदाहो, मोन्टाना, नेभाडा, ओरेगन र वासिंटन राज्य लगायतलाई समेट्ने जनाइएको छ ।

सन् १९९९ मा एल साल्भाडोरबाट अमेरिका आएका जिसस रामिरेजले सन् २००१ मा टीपीएस प्राप्त गरेका थिए । त्यसपछि उनी अहिलेसम्म अमेरिकामा बस्दै आएका छन् । सन् २०१२ मा उनले अमेरिकी नागरिक बारबरा लोपेजसँग विहे गरेका थिए । त्यसपछि यो दम्पत्तिले रामिरेजका लागि अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्ने बाटो खोजिरहेका थिए । अमेरिकामा कानुनी हैसियत गुमाइसकेपछि कसैले अमेरिकी नागरिकसँग विहे गरेमा ग्रिनकार्डका लागि सामान्यतया उसैको देशमा फर्किएर अन्तरवार्ता दिनुपर्ने प्रावधान रहेको छ । अझ गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेको व्यक्तिले अमेरिकी नागरिकसँग विहे गरेमा ग्रिनकार्डका लागि प्रायजसो केसमा उसकै देशमा फर्किएर अन्तरवार्ता दिनुपर्ने प्रावधान रहेको छ । भिसामा नै अमेरिका छिरेका अर्थात् पोर्ट अफ इन्ट्रीमा जाँचबुझ गरिएकाहरुले स्टाटस एड्जस्टमेन्टका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा ठूलो समस्या गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेपछि टीपीएस प्राप्त व्यक्तिका हकमा हुने गरेको छ । यदि उनीहरुले पारिवारिक वा अन्य तरिकाबाट ग्रिनकार्डका लागि आवेदन दिएमा उनीहरु अन्तरवार्ताका लागि आफ्नै देशमा फर्केर पुन भिसा लिएर अमेरिका आउनुपर्ने प्रावधान रहेको छ । यही सन्दर्भमा जिसस रामिरेजले आफू अमेरिका छिर्ने क्रममा जाँचबुझमा नपरेपनि टीपीएस प्राप्त गर्ने क्रममा उनीमाथि जाँचबुझ भएको तर्क गरेका थिए । युएससीआईएसले रामिरेज सन् १९९९ को मेमा अमेरिका छिर्ने क्रममा पोर्ट अफ इन्ट्रीमा जाँचबुझ नगरिएको, कानुनी रुपमा अमेरिका नछिराइएको वा जमानीमा पनि नछाडिएकाले ग्रिनकार्डका लागि स्टेटस एड्जस्ट गर्न नसकिने बताएको थियो । त्यसबिरुद्ध रामिरेज अदालतमा गएका थिए ।

त्यसपछि नाइन्थ सर्किट कोर्टले टीपीएसका लागि स्वीकृति प्रदान गरिनु नै रामिरेजमाथि छानविन गरिनु र अमेरिकामा रहन स्वीकृति प्रदान गरिनुको स्वरुप भएको भन्दै रामिरेजको पक्षमा फैसला गरेको छ । यो फैसलापछि अब टीपीएसको हैसियतमा रहेका र नाइन्थ सर्किटको कार्यक्षेत्रमा रहनेहरुको हैसियत अमेरिकामा पयर्टक भिसा वा विद्यार्थी भिसा जस्ता गैरआप्रवासी भिसामा रहनेहरुको सरह भएको छ । जसरी विद्यार्थी वा पयर्टक भिसामा अमेरिकामा छिरेकाहरुलाई जाँचबुझ गरिएको र अमेरिका छिर्ने अनुमति दिइएको मान्ने गरिन्छ, सोही सरहको मान्यता गैरकानुनी रुपमा अमेरिका छिरेर टीपीएस प्राप्त गरेकाहरुले पनि पाउने भएका छन् ।

फैसलाको पूर्णपाठ यहाँ हेर्न सक्नुहुनेछ । 

अदालतले टीपीएस प्राप्त व्यक्तिको हैसियत गैरआप्रवासी भिसामा रहेर आफ्नो कानुनी हैसियत कायम गरिरहेकाहरु सरह हुने स्पष्ट रुपमा व्याख्या गरेको छ । त्यही आधारमा जिसस रामिरेजले पनि कानुनी रुपमा अमेरिका छिरेकाहरु सरह ग्रिनकार्डका लागि स्टेटस एड्जस्ट गर्न सक्ने अदालतले फैसला गरेको छ ।
न्युयोर्कका चर्चित कानुन व्यवसायी बासु फूलारा भन्नुहुन्छ –‘नवौं सर्किटको कार्यक्षेत्रमा बसोबास गरिरहेका टिपिएसको स्टाटस भएको ब्यक्ती गैरआप्रवासी कानुनी हैसियतमा रहेको मानिने र सो ब्यक्तीले उदाहरणका लागि पारिवारिक वा रोजगारीमा आधारित कुनै अबसर भएको खण्डमा ग्रीनकार्ड फाइल गर्न सक्ने बाटो खुल्ला गरेको छ । यो फैसला ९ वटा राज्यमा मात्र लागु हुन्छ । अरु राज्यमा कसैले बोर्डर क्रसगरेर टिपिएस लिई अमेरिकन नागरिक संग विवाह गर्दैमा र रोजगारीको स्पोन्सर पाउदैमा ग्रिन कार्ड पाउने होइन ।’

रामिरेजको फैसलापछि अमेरिकामा गैरकानुनी रुपमा सिमा पार गरेर आएपछि टीपीएस प्राप्त गरेका नेपालीहरु र नाइन्थ सर्किटको कार्यक्षेत्रभित्र रहेकाहरुलाई फाइदा पुग्ने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com