साउदीमा कोरोनाबाट ७ जना नेपालीको मृत्यु


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

कोरोना भाइरसबाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ। बिहीबारसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो । कोरोनाबाट १ हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्वी क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्र ३ र दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना संक्रमित भएका छन् । त्यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना संक्रमित भएका दूतावास रियादले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com