मौद्रिक निर्धारणपछि पनि बेरोजगारी विमा रकम आएन ? यसरी गर्नुहोस् समस्याको समाधान


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

यदि तपाईको बेरोजगारी विमा आवेदनमा मौद्रिक निर्धारण भइरहेको छ अर्थात् तपाईलाई साप्ताहिक कति रकम दिने भन्ने निर्धारण भइसकेको छ तर तपाईले रकम प्राप्त गर्नुभएको छैन ? यसका विभिन्न कारणहरु हुनसक्छन् । तर त्यसमध्ये मुख्य एउटा कारण न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले आवेदक काम गर्न योग्य भएनभएको निर्धारण गर्न नसक्नु हो ।

यदि आवेदक अहिले पनि काम गर्न योग्य भए नभएको निर्धारण डिपार्टमेन्ट अफ लेवरले गर्न नसकेको खण्डमा त्यस्ता व्यक्तिको मौद्रिक निर्धारण भइसकेपछि पनि रकम पठाउन रोकिएको हुनसक्छ । यस्तो अवस्थामा आवेदकले डिपार्टमेन्ट अफ लेवरमा आफू काम गर्न योग्य रहेको कागजात प्रमाणित गर्ने वर्क परमिट वा ग्रिनकार्ड पठाउनुपर्छ ।

विगतका बर्षमा वर्क परमिट रहेका तर वर्तमान अवस्थामा कामका लागि योग्य नभएकाहरुले बेरोजगारी विमा रकम प्राप्त गर्न नसकुन् भनेर डिपार्टमेन्ट अफ लेवरले काम गर्ने योग्यता प्रमाणित नभएसम्म त्यस्ता आवेदकलाई रकम पठाएको छैन । विगतमा अमेरिकी अदालत वा युएससीआईएसमा कुनै आवेदन वा मुद्दा पेन्डिङ अवस्था रहेका तर अहिले उक्त आवेदन वा मुद्दा फैसला भएर वर्क परमिट खारेज भइसकेर पनि अमेरिकामा बसेकाहरुले विगतको सोसल सेक्युरिटी नम्बर वा वर्क परमिटका आधारमा बेरोजगारी विमा रकम प्राप्त गर्नसक्ने खतराको डिपार्टमेन्ट अफ लेवरले आँकलन गरेको छ ।

कामको योग्यता प्रमाणिकरणका लागि कतिपयलाई डिपार्टमेन्ट अफ लेवरले थप कागजात पठाउने अवशर प्रदान गर्दै पत्र वा इमेल समेत पठाउने गरेको छ । तर कैयनभने भने यस्तो पत्र वा इमेल समेत प्राप्त नगर्दा अन्यौलको अवस्थामा रहेका छन् । उनीहरुले डिपार्टमेन्ट अफ लेवरमा फोनमार्फत सम्पर्क गरेर आफ्नो आवेदनमा मौद्रिक निर्धारण भइसकेपछि पनि किन रकम प्राप्त नभएको भन्नेबारे जानकारी प्राप्त गर्नसक्नेछन् । तपाईले नेपाली भाषा छनौट गरेर नेपाली भाषामा समेत कुरा गर्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ लेवरमा आफ्नो वर्कपरमिट वा ग्रिनकार्डको दुबैतिरको भागको फोटोकपी अनलाइनमार्फत पनि पठाउन सकिन्छ । हुलाकबाट पठाएका कागजात अपलोडमा ढिलाई र समस्या भएका कारण आफ्नो अनलाइन एकाउन्टमा गएर यस्ता कागजात पठाउँदा तपाईको आवेदन छिटो टुंगो लागेर छिटो रकम प्राप्त गर्ने सम्भावना रहन्छ ।

अनलाइनबाट डकुमेन्ट पठाउनका लागि तपाईले आफ्नो अनलाइन एकाउन्ट लगइन गर्नुपर्छ । त्यसपछि तपाईले मेसेज सेक्सनमा रहेको ‘गो टु माई इनबक्स’मा क्लीक गर्नुपर्छ । त्यहाँ तपाईले तीनवटा धर्का देख्नुहुनेछ । त्यसमा क्लीक गरेपछि ‘कम्पोज न्यू’ अप्सन आउँछ । त्यसमा विषयमा तपाईले ‘सब्मीट डकुमेन्ट’ छनौट गर्नुहोला । त्यसपछि अर्को विषय छान्ने विकल्प देखिन्छ । त्यहाँ तपाईले ‘सब्मिट आइडेन्टीटी डकुमेन्ट’ मा क्लीक गर्नुहोला । त्यसपछि आफ्नो ग्रिनकार्ड वा वर्क परमिटको दुबैतिरको फोटो एट्याच गरेर पठाउन सक्नुहुनेछ । तपाईलाई केही थप जानकारी दिन मन लागेको खण्डमा मेसेज बक्समा मेसेस समेत लेख्न सक्नुहुनेछ ।

यदि तपाईलाई आवेदनमा मौद्रिक निर्धारण भइसकेपछि पनि आफ्नो कामको योग्यता प्रमाणित नभएका कारण रकम नआएकोजस्तो लागेको छ तर डिपार्टमेन्ट अफ लेवरमा फोन सम्पर्क हुन सकेको छैन वा कुनै पत्रपनि प्राप्त गर्नुभएको छैन भने तपाईले वर्क परमिट वा ग्रिनकार्ड आफ्नो अनलाइन एकाउन्टमा गएर पठाउन सक्नुहुनेछ । यसरी पठाएका केही नेपालीहरुले एकसाताभित्र रकम प्राप्त गरेको अनुभव खसोखासलाई जानकारी दिएका छन् ।

यदि तपाईको पेमेन्ट इस्यु भइसकेको छ तर तपाईको बैंक एकाउन्टमा तीनदिनसम्म पनि रकम देखाएको छैन भने तपाईले आफ्नो बैंकमा सम्पर्क गर्नुपर्ने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । बैंकले तपाईका लागि टेस्ट डिपोजिट समेत गर्नसक्छ ।

डिपार्टमेन्ट अफ लेवरले विगत केही दिनमा रकम प्राप्त गरिरहेकाहरुलाई समेत एउटा इमेल पठाएको छ । जसमा थप प्रश्नहरुको जवाफ आवश्यक रहेको भन्दै अनलाइन एकाउन्टको लिंक दिइएको छ ।

तपाईले रकम पाइरहनुभएको छ तर यस्तो इमेल प्राप्त गर्नुभयो भने तपाईले अतिरिक्त सुचना दिन आवश्यक छैन । तर रकम पाउनुभएको छैन भने तपाईले सोधेका प्रश्नको जवाफ दिन आवश्यक छ ।

यसबारे डिपार्टमेन्ट अफ लेवरले भनेको छ – ‘यदि तपाईले रकम पाउन सुरु गरिसक्नुभएको छ भने वा पाइरहनुभएको छ भने थप सुचना दिन आवश्यक छैन । तर तपाईले अझै रकम पाउन सुरु गर्नुभएको छैन भने अनुरोध गरिएको सुचना प्रदान गर्नुहोला ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com