‘विदेशमा रहेका नेपालीलाई नेपाल भित्राएर कृषिमा लगाउनुपर्छ’


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

– वामदेव क्षेत्री (घिमिरे)

नेपाली विदेशमा रोजगारीको लागि जाने र उनीहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) बाट सरकार चल्दै आएको छ । श्रम मन्त्रालयको तथ्याङ्कअनुसार ४० लाख नेपाली विदेशमा रोजगारीको लागि गएका छन् ।

त्यस्तै यूरोप, अमेरिका, अष्ट्रेलिया केही मुलुकमा विद्यार्थी भिसाबाट उतैको नागरिकता पीआर पाइन्छ भन्ने आशाले हजारौँ दक्षजनशक्ति नेपालबाट पलायन भएको छ । नेपाल र भारतको सिमाना खुला र १९५० को नेपाल भारत मन्त्री सन्धीका कारण दुईथरी नेपाली एकथरी सेना, प्रहरी, सरकारी कर्मचारी, ठूला कम्पनीमा छन् भने करोडको हाराहारीमा भारतमा छन् ।

नेपालको जनसंख्याको ३५% प्रतिशत नेपाली विदेशमा छ भन्न सकिन्छ । अहिले कोरोना भाइरस (कोभिड–१९) महामारी रोगबाट विश्व आक्रान्त छ, नेपाल पनि त्यसबाट अछुत रहने कुरा भएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशमा रहेका नेपाली आजको दिनसम्म भारत छोडेर ९० को हाराहारीमा मृत्यु भएको छ भने ७०० को हाराहारीमा सङ्क्रमित छन् । अहिले कुवेत, युइआइ, साउदी, कतार, बहराइन, मलेसिया थुप्रै देशबाट नेपालीहरू आफ्नो देश आउन चाहिरहेका छन् ।

यूरोप, अमेरिका, अष्ट्रेलियामा रहेका पनि नेपाल आउन इच्छुक छन् । भारतबाट हाराहारी २ लाख नेपाली नेपाल प्रवेश गर्न पर्खेर बसेका छन् ।
कतिपयले देशभित्र पनि आउन नसक्ने भारतमा पनि बस्न नसक्ने हुँदा आछाम जिल्लाको धारा ८ मा दुवै देशका जनता एकअर्का राज्यमा बसोवास गर्न पाउने, सम्पत्ति राख्न पाउने, रोजगारी पाउने भने पनि भारतको हेपूवा प्रवृत्तिले त्यो लागू नहुँदा नेपाली आफ्नो परिवार, बच्चा सुत्केरी सहित लाखौँ बिचल्लीमा छन् ।

नेपाल सरकारको प्रतिनिधित्व गर्ने राजदूतावास पनि निरीह बनेको छ । सामाजिक संगठनले केही मद्दत गरेको पाइन्छ । यो अवस्था कहिलेसम्म रहला । के नेपालीहरूको अकालमा ज्यान जाने हो । नेपाल सरकार र संयुक्त राष्ट्र संघसँग जोडिएको मानव अधिकारवादीहरूले टुलूटुलू हेर्ने हुन् । यो महाविपत्तिमा जो जहाँ छ, त्यहीँ व्यवस्थित गर्ने होइन ।

बिडम्बना छ, यो नेपालीहरूको पीडा मुख्यतः भारतमा रहेका नेपालीको समस्याले नेपालीहरूको मनलाई पिरोलिरहेको छ ।
अब देशभित्र आउने बेरोजगारी नेपालीको गन्तव्य कृषि बनाउनु पर्दछ । मानिसले जति धेरै धान सम्पत्ति कमाए पनि खानको लागि कृषिमा नै भर पर्नुपर्छ ।

अहिले नेपालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार छ । अहिले नेपालको सन्दर्भमा निजी क्षेत्र, नगरपालिका, गाउँपालिकाले कृषिबारे नविनतम सोँच बनाएर कृषिलाई उद्यमशीलतामा रूपान्तर गर्ने र रोजगारी सृजना गर्ने अवसर प्राप्त भएको छ ।

निजी क्षेत्रको उद्यमशीलता, व्यवसायिकता, दक्ष व्यवस्थापन पूँजी र प्रविधि सहितको नविनतम सोँचलाई अधिकतम परिचालन गरी आफ्नो गाउँपालिका, नगरपालिकालाई साझेदारीबाट समूह बनाउन र रोजगारमूलक बनाउन सकिन्छ । गाउँपालिका, नगरपालिकाले सहुलियत र सुविधा दिने सामूहिकताको योजना प्रदेश सरकारले बनाइदिने, कसैको ज्ञान, सीप, कसैको पूँजी, कसैको जमीन, कसैको श्रम, कसैको प्रविधि जुटाएर शेयर लगानी, शेयर स्वामित्व र शेयर लाभ पद्धतिबाट आत्मनिर्भर बन्न सक्ने अधिकांशले रोजगारी पाउने हुन्छ । आखिरी सार्वजनिक, सहकारी एवं सामुदायिक समझदारीले खोजेको यहीँ अवस्था हो ।

यसलाई कृषि मन्त्रालय, प्रदेशको कृषि मन्त्रालय, गाउँपालिका÷ नगरपालिकाको समन्वयकारी भूमिका सहित निजी क्षेत्रलाई आह्वान गरेर योजना बनाउनु पर्दछ । यसले बेरोजगारीलाई रोजगारीको अवसर र कतिपयलाई स्वरोजगार हुने वातावरण र आत्मनिर्भरको दिशातिर लैजान्छ ।

अहिले नेपालको स्थिति के छ भने शहरमा बसाइ सर्ने, सानोतिनो जमिनको टुक्रा भए विक्री गरी विदेशी रोजगारमा जाने, कतिपय अमेरिका यूरोपतिर त्यहाँको नागरिकता पीआर प्राप्त गर्न जाने र बसाइ सर्ने, नेपालमा केही छैन, विकास पनि छैन, रोजगार पनि छैन भनेर राज्यलाई दोष दिने काम मात्र भएको छ । अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको बिरामीले विश्वलाई नै घे¥यो ।

विकसित मुलुकमा बढी प्रभावित भएर धेरै नेपालीहरूको रोजगार पनि गुम्यो र अहिले उनीहरूलाई नेपाल फर्कने इच्छा लागेको छ । त्यो प्रत्येक नागरिकलाई स्वभाविक पनि हो । ठीक छ शहर पनि बसौँ, विदेश पनि पसौँ तर उतै नफसौँ, फेरी पनि आफ्नो जीवन, जीविकाका निम्ति आफ्नो सन्तानलाई रगत र पसिना विदेशमा बेच्न बाध्य नपरौँ । शहर, विदेश पुगेर ज्ञान, सीप, अनुभव, प्रविधि र पूँजी  देश अनि आफ्नै गाउँघरमा भित्रयाउन सके राम्रो हुन्छ ।

हामी विदेश पसेर बस्ने, शहर पसेर शहर बस्ने गरेर आफ्नो गाउँ/नगर देश सम्पन्न हुँदैन ।

उदाहरणको लागि हेरौँ– आफ्नो प्राकृतिक संसाधनमा गरिब देश दक्षिण कोरिया केही दशकमा धनी छ, त्यसको कारण यूरोप र अबरमा वैदेशिक रोजगारमा गएकालाई स्वदेशभित्र फिर्ता लिएर उनीहरूले सिकेको ज्ञान/सीप प्रविधि र पूँजीले समृद्धिको छलाङ्ग मारेको र विश्वका विकसित मुलुकको आठौँ स्थानमा छ ।

अहिले ५० औँ हजार नेपाली रोजगारीको लागि कोरिया जान तम्सीरहेका छन् र ३५ हजार करिब रोजगारमा छन् । हामी प्राकृतिक स्रोतका धनी छौँ, मानव संसाधन (श्रम) का धनी छौँ । हामीले विदेशमा परिश्रम गरेझैँ यहीँ आफ्नो माटोमै समय, प्रयास, पूँजी र प्रविधि  लगानी गर्ने र सबै खाले श्रमिकलाई रोजगारीको लागि आकर्षित गर्ने थलो बन्नेछ, विदेशीहरूलाई पनि रोजगारीको लागि आकर्षणको केन्द्र बन्नेछ ।

हाम्रा योजनाहरू अल्पकालीन तथा दिर्घकालीन, दृष्टिकोण उद्देश्य लक्ष्य रणनीति कार्यनीति सोँच सहितको तालिका बनाएर प्राथमिकताका आधारमा परियोजनाहरूको छनौट गरी वित्तीय व्यवस्थापन गर्दै पहिले हाम्रो गाउँघरमा रहेको मौलिक रैथाने साधन स्रोत र कृषि उत्पादनको अन्वेषण र सदुपयोग गर्दै अगाडी बढ्ने हो भने नेपालीहरू रोजगारीको लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था आउने थिएन ।

कृषिलाई व्यवसायीकरण गर्न राज्यको प्राथमिकताभित्र पर्नुपर्दछ । हामीले केही देशका उदाहरण हेरौँ– चीन, जापान, इजरायल, यूरोप, क्यानडा जस्ता मुलुकमा कृषिको विविध पक्षलाई अनुसन्धान गर्नु र जमिनको अपुग भएकोले तिनी देशले समुद्रमा समेत खेती गर्ने पद्धतिको विकास गरेका छन् । इजराय, जापान जस्ता देशमा हाम्रा देशका श्रमिक त्यहाँको कृषिको लागि कामदारको रूपमा जाने गरेका छन् ।

हामीले तिनीहरूको ज्ञान सीपलाई प्रयोग गरेर देशभित्रै लगाउनुपर्दछ । अहिले चक्रिय बाली प्रणाली, घुम्ती बाली प्रणाली, एकीकृत बाली व्यवस्थापन पनि व्यवसायिक बन्दै गएको छ । अहिले कोरोना भाइरस (कोभिड–१९) माहामारीका कारण २५% प्रतिशत लगभग १५/२० लाख नेपाली बेरोजगार भएर नेपाल फर्कने अवस्थामा छन् । नेपालमा रोजगारीको लागि उद्योगहरू प्नि कम छन् ।

यस्तो बेलामा बिकल्प भनेको कृषि पेशा नै हो । नेपालमा अहिले खेतीयोग्य जमिन २९ लाख ६८ हजार १७ हेक्ट्रर छ भने त्यसमध्ये ९ लाख ८६ हजार ८ सय ९८ हेक्ट्ररमा खेती नै गरिएको छैन । यहाँको वनजंगलको क्षेत्रफल ६३ लाख ६ हजार ४ सय ६० हेक्ट्रर छ भने चरन क्षेत्रफल १७ लाख ५६ हजार ६ सय ४५ हेक्ट्रर छ ।

यसबाहेक खाली जमिनको क्षेत्रफल २७ लाख २९ हजार ६ सय ३२ हेक्ट्रर छ । यस अवस्थामा रहेको जमिन केही वन भीरपाखा छोडेर सबै सदुपयोग गर्ने बेला आएको छ । खेतीयोग्य जमिन जे जसको भएपनि सकिन्छ ठूलो स्केलमा ५/६ वटा राष्ट्रिय स्तरका कृषि फाराम बनाउने र हजारौँ कामदारलाई लगाउने, सकिन्न लिजमा दिएर सानासाना फर्म सञ्चालन गर्ने, त्यसलाई राज्यले सहुलियत र सुविधा दिने ।

वन तथा चरन क्षेत्रमा पनि रूखहरूको नोक्सान नहुने गरी लिजबाट कृषिलाई प्रोत्साहन गर्ने, वनस्पति, जडीबुटी उत्पादन गर्ने, प्रशोधन गर्ने, प्याकेजिङ गर्ने हो भने लाखौलाई रोजगारमूलक बनाउन सकिन्छ । अहिले कोरोना भाइरस (कोभिड–१९) माहामारीले राज्य र नेपाली जनताको आँखा खोल्नेछ र बन्जर रहेको जमिनको सही सदुपयोग गर्ने वातावरण बन्नेछ, तबमात्र रोजगारको समस्या हल हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com