अमेरिका आउँदाको ऋण चुक्ता नहुँदै ज्यान गुमाएका आशिषको दाहसंस्कार भोलि, सहयोगको अपिल


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

मेरिल्याण्डमा आइतबार निधन भएका २५ बर्षका नेपाली युवा आशिष केसी दाहसंस्कार भोलि गरिने भएको छ । मेरिल्याण्ड क्रिमेशन सर्भिसमा दाहसंस्कार गरिने तय भएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिएका छन् ।

उनको दाहसंस्कारको खर्च भण्डारीको परिवारले बेहोर्ने भएको छ ।  वाग्लुङ जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका केसीको मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा निधन भएको थियो ।

यसैबीच आशिषको परिवारको सहयोगका लागि गोफण्डमीमा सहयोग संकलन अभियान चलाइएको छ । वाग्लुङ समाज, एनआरएनए मेरिल्याण्ड र बानाका तर्फबाट सहयोग संकलन अभियान चलाइएको हो ।

आशिषको परिवारलाई सहयोग गर्न यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहयोगको अपिल गर्दै फण्डपेजमा भनिएको छ – ‘नेपाल देखि अमेरिका आउने क्रममा बाटोमा विभिन्न दुख, कष्ट झेल्दै अन्तत अमेरिका आई पुगी कानुनी कागजी प्रकृयामै रहेको अवस्थामा उनको सबै सुनौला सपनाहरुमा पुर्ण विराम लागेको छ ।’

‘आशिषका आमाबाबु आशाको केन्द्रविन्दु रहेको छोरा गुमाउनुको मानसिक तनावमा त छदैछन् । अर्को तर्फ उनी अमेरिका आउने क्रममा खर्चिएको ठुलो रकम तिर्न बाँकी रहेकाले उक्त रकम तिर्नु पर्ने आर्थिक ज़िम्मेवारी पनि बुबाआमा थपिएको छ । नेपालमा रहेका परिवारजनमा राहत सहयोग पुग्न सकोस् भनि सबैबाटसहयोगका लागी अनुरोध गर्दछौ ।’ – गोफण्डमीमा सहयोगको अपिल गर्दै भनिएको छ ।

विगत तीन वर्ष देखि मेरिल्याण्डमा वस्दै आएका आशिष गत शुक्रवार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबेका थिए । उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचार गर्ने क्रममा आईतवार उनको निधन भएको हो ।

भण्डारीका अनुशार शुक्रवारको दिन आशिष केसी सहित भतिजा र अन्य साथीहरु समेत मिलेर गएका थिए । तलाउमा डुबेर पानीको मध्य भागमा पुगेपछि आशिष चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए । तर उनीहरु सफल हुन सकेनन् ।

त्यही बीचमा अरु साथीहरुले स्थानीय प्रहरी र उद्दार कर्ताहरुलाई ९११ मा खवर गरेपछि तुरुन्त हेलिकप्टर सहितको टोलीले उहाँको उद्धार गरेका थिए । उद्धारमा रहेको सिपिआर टोलीले अस्पताल लगेका थिए । अस्पतालमा आपतकालीन सेवामा रहेका चिकित्सकहरुले तत्काल उनको उपचारको प्रक्रिया थालनी गरेका थिए ।

डाक्टरले तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएका थिए । सँगै २० घण्टा सम्म शरीरलाई वार्म गराउदै मेकानिकल भेन्टिलेटरमा राखिएको र फेल भएको मृगौला डायलिसस समेत गराइएको थियो ।

आशिषको अस्पताल पुराउने समयसम्म मुटुको धडकन अवरुद्ध भएको,मृगौला फेल भएको र मस्तिष्कमा समेत गम्भिर असर परिसकेको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उच्च प्रकारको मेडिकेशन चलाएर व्रेन वेभ मनिटर मार्फत मस्तिष्कको जाँच गर्दा अक्सिजनको कमी भएको र मृगौला समेत फेल भईसकेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com