कागजपत्रविहिनलाई ५ सय डलर राहत दिनका लागि आवेदन खुल्ला, परिवारलाई १ हजार


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

अमेरिकाको क्यालिफोर्नियामा आजदेखि कागजपत्रविहिनले पनि राहतका लागि आवेदन दिनसक्ने भएका छन् । कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न उनीहरुले राहत रकम प्राप्त गर्नसक्ने भएका छन् ।

गभर्नर ग्याभिन न्युसोमले गत महिना कागजपत्रविहिनका लागि १२५ मिलियनको कोरोनाभाइरस विपत फण्डको घोषणा गरेका थिए । १२ सय डलरको संघीय राहत रकमका लागि अयोग्य हुनेहरु र अध्यागमन स्टाटसका कारण बेरोजगारी विमा रकम पाउन नसक्नेहरुले यो कोषबाट राहत पाउनेछन् ।

आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

तपाईले माथिको सुचीमा रहेका १२ मध्ये कुनै एउटा गैरनाफामुलक संस्थालाई सम्पर्क गर्नुपर्नेछ । आफ्नो क्षेत्रको संस्थालाई सम्पर्क गरेर रकम प्राप्त गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि यदि तपाई लस एन्जलसको अरेन्जमा हुनुहुन्छ भने तपाईले एसियन अमेरिकन एड्भान्सिंग जस्टिस वा कोलियसन फर ह्युमन इमिग्रयान्ट राइटमा सम्पर्क गर्नुपर्छ । लस एन्जसलमा हुनुहुन्छ भने सेन्ट्रल अमेरिकन रिसोर्स सेन्टरमा सम्पर्क गर्नुुपर्छ । नर्दन क्यालिफोर्नियामा हुनुहुन्छ भने क्यालिफोर्निया ह्युमन डेभलपमेन्ट कर्पोरेशनमा सम्पर्क गर्नुपर्छ ।

राज्यले कागजपत्रविहिनहरुलाई सघाउनका लागि यो प्रकारको राहतको सुरुवात गरेको यो पहिलो हो । न्युयोर्क सिटीमा पनि मेयरले यस्तै प्रकारको राहतको घोषणा गरेका त छन् तर त्यसको प्रकृया सुरु भइसकेको छैन ।

क्यालिफोर्नियामा यो रकम एकजनाले ५ सय डलरका दरले पाउनेछन् । त्यस्तै एउटा परिवारले एकहजार डलरसम्म प्राप्त गर्नेछन् । यो कोषमा राज्यका तर्फबाट ७५ मिलियन र बाँकी ५० मिलियन निजी सामाजिक संस्थाबाट व्यवस्था गरिएको छ । यो कार्यक्रमबाट झण्डै डेढलाख कागजपत्रविहिनले लाभ लिने अनुमान गरिएको छ ।

राहत रकम समाप्त नहुँदासम्म वा जुन ३० सम्ममात्र आवेदन स्वीकार गरिने भएकाले यथाशीघ्र आवेदन दिन सुझाव दिइएको छ ।

यदि तपाई अलमलमा पर्नुभएको छ भने तपाई बसेको क्षेत्रसहित खसोखासमा [email protected] इमेलमार्फत सम्पर्क गर्नुहोला । हामी आवश्यक सुचना उपलब्ध गराउनेछौं । समाचारमा इमेल देख्नुभएन भने समाचार ब्राउजर वा वेवसाइटबाट खोल्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com