आजमात्रै न्युयोर्कमा बेरोजगारी विमा आवेदकलाई ५ लाख इमेल र टेक्स्ट


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

आजमात्रै न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले बेरोजगारी विमा आवेदकलाई ५ लाख इमेल र टेक्स्ट पठाएको जनाएको छ । उनीहरुको आवेदनको अवस्थाबारे जानकारी दिन इमेल पठाइएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

आवेदन प्राप्त भएको अवस्थामा, आवेदन साप्ताहिक प्रमाणिकरणका लागि तयार भएको अवस्थामा र रकम पठाउन तयार भएको अवस्थामा उक्त अपडेटसहित डिपार्टमेन्ट अफ लेवरले इमेल पठाउने गरेको छ ।

यसैबीच आज बेरोजगारी विमा रकमको लागि आवेदन दिने फर्ममा सानो प्राविधिक समस्या आएको समेत न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । प्राविधिक समस्या आउँदा आवेदकले भरेको भन्दा फरक जवाफ फर्मबाट अटोमेटिक रुपमा सब्मिट हुने अवस्था आएको थियो ।

तर यस्तो अवस्थामा पनि आवेदनमा कुनै नकारात्मक असर भने नगर्ने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । आफूहरु उक्त समस्या समाधानका लागि काम गरिरहेको र उक्त समस्याका कारण आवेदकले पाउने रकममा कुनै फरक नपर्ने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदन दिंदा तपाईको कार्यस्थल कोरोनाको कारण बन्द भएको थियो कि ? भन्ने प्रश्नमा ‘थियो’ भन्ने जवाफ उल्लेख गरेपनि आवेदन सब्मिट गर्दा भने सांरांशमा अटोमेटिक रुपमा ‘थिएन’ उल्लेख हुने समस्या देखिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

तपाईले यस्तो विवरण बुझाउनुभएको थियो ?
प्राविधिक समस्याका कारण सारांशमा यस्तो आएको छ ।

 

यदि यस्तो अवस्थामा आवेदकले आवेदन बुझाएको छ भने पनि उसको आवेदनमा नकारात्मक असर नपर्ने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

त्यस्तै यदि कुनै व्यक्तिले नियमित रुपमा बेरोजगारी विमा रकम प्राप्त गरिरहेको छ वा विमा रकम पाउनका लागि योग्य भएको सुचना आएको छ भने उसले थप विवरण बुझाउन नपर्ने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । तर यदि रकम प्राप्त भइसकेको छैन वा रकम प्राप्त गर्नका लागि आवेदन योग्य भएको सुचना पाउनुभएको छैन भने तथा डिपार्टमेन्ट अफ लेवरले कुनै विवरण वा प्रश्नको जवाफ मागेको छ भने आवेदकले उक्त विवरण बुझाउनुपर्नेछ ।

यदि तपाईले यस्तो इमेल पाउनुभएको छ भने थप विवरण बुझाउनु पर्दैन । तपाईको आवेदन रकम पाउन योग्य भइसकेको छ । तर तपाईको वर्क परमिट वा अन्य कुनै विवरण मागेर हुलाकबाट पत्र आएको छ भने जवाफ दिनुहोला ।

यदि आवेदकको एकाउन्ट रकम प्राप्त गर्न योग्य भएको इमेल वा टेक्स्ट प्राप्त भएको छ भने ती आवेदकले एकसाताभित्र रकम पाउन सुरु गर्ने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com