अमेरिकन आइडलको यात्रामा सघाउने सबैलाई दिवेशको धन्यवाद


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

अमेरिकन आइडलको आफ्नो यात्रामा सपोर्ट गर्ने सबैलाई दिवेश पोखरेल (आर्थर गन)ले धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यो सम्भव बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

उनले ट्वीटरमा भनेका छन् मेरो अमेरिकन आइडलको यात्रामा सपोर्ट गर्ने सबै राम्रा मान्छेहरुलाई धन्यवाद । यो सम्भव बनाएकोमा सबैप्रति आभार । म अमेरिकन आइडल २०२० को प्रतियोगी भएकोमा कृतज्ञ छु । आशा छ आगामी यात्रामा पनि तपाईहरुले साथ दिनुहुनेछ ।

दिवेश अमेरिकन आइडलको टप टुसम्म पुग्न सफल भएका थिए । उनलाई संसारभरका नेपालीहरुले सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना दिएका छन् । कतिपयले अमेरिकन आइडलको उपाधी चुम्न नसकेकोमा निराशा व्यक्ति गरेपनि अमेरिकन आइडलमा दोश्रो स्थानमा पुग्नसक्नुलाई नै उपलब्धी मानिएको छ ।

हिजोको समापान शोमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए । शो सुरु भएको केहीबेरमा नै भोटिङ सुरु भएको थियो । अमेरिकामा रहेका नेपालीहरुले उनलाई  उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।

अमेरिकन आइडलको समापन शोमा दिवेशको प्रस्तुती यस्तो रहेको छ ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका आएका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

उनी काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि अमेरिका आएका थिए ।

आर्थर गनको अमेरिकन आइडलको यात्रा र उनको गीतसहित अमेरिकन आइडलले बनाएको भिडियो

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थिए । त्यहाँ अमेरिकन आइडलको विज्ञापन प्रस्तुत गरिएको थियो, जहाँ एल्टन जोनको गीत ‘टाइनी डान्सर’ गाइरहेका प्रतिस्पर्धीहरूमा दिवेश पनि देखिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com