अमेरिकन आइडलमा दोश्रो भएका दिवेशलाई पूर्वप्रधानमन्त्रीको बधाई, संसारभरबाट बधाईको ओइरो


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

अमेरिकन आइडलमा दोश्रो स्थानमा पुगेका दिवेश पोखरेल आर्थर गनलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बधाई तथा शुभकामना दिएका छन् । पत्रकार सूर्य थापाको भिडियो शो यु स्टार्ट अगेनमा कुराकानी गर्दै नेकपाका बरिष्ठ नेता नेपालले नेपाली मुलका व्यक्ति उच्च प्रतिस्पर्धाबाट अमेरिकन आइडलको स्टेजमा पुग्नु सबै नेपालीका लागि गर्वको कुरा रहेको बताएका छन् ।

दिवेश अमेरिकन आइडलको टप टुसम्म पुग्न सफल भएका थिए । उनलाई संसारभरका नेपालीहरुले सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना दिएका छन् । कतिपयले अमेरिकन आइडलको उपाधी चुम्न नसकेकोमा निराशा व्यक्ति गरेपनि अमेरिकन आइडलमा दोश्रो स्थानमा पुग्नसक्नुलाई नै उपलब्धी मानिएको छ ।

हिजोको समापान शोमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए । शो सुरु भएको केहीबेरमा नै भोटिङ सुरु भएको थियो । अमेरिकामा रहेका नेपालीहरुले उनलाई  उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकन आइडलको समापन शोमा दिवेशको प्रस्तुती यस्तो रहेको छ ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका आएका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

उनी काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि अमेरिका आएका थिए ।

आर्थर गनको अमेरिकन आइडलको यात्रा र उनको गीतसहित अमेरिकन आइडलले बनाएको भिडियो

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थिए । त्यहाँ अमेरिकन आइडलको विज्ञापन प्रस्तुत गरिएको थियो, जहाँ एल्टन जोनको गीत ‘टाइनी डान्सर’ गाइरहेका प्रतिस्पर्धीहरूमा दिवेश पनि देखिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com