न्युयोर्कमा ट्रेनमा टाउको अड्किएकी महिला देख्नेहरुले यसरी गरे वेवास्ता


प्रकाशित मिति : चैत्र २६, २०७३ शनिबार

मंगलबार न्युयोर्कसिटीको ट्रेन स्टेशनमा एकजना महिला ट्रेनको ढोकामा अड्किएपनि देख्नेहरुले गरेको वेवास्ताको सर्वत्र आलोचना भइरहेको छ ।

एकजना महिला ट्रेनबाट बाहिर निस्कने क्रममा ढोकामा उनको घाँटी च्यापिएको थियो । घाँटी च्यापिएर ट्रेनको ढोकामा अड्किएको देख्नेहरुले वेवास्ता गरेर हिडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । ब्रोंक्सको उडलन स्टेनशनमा ४ नम्बर ट्रेनको ढोकामा ती महिलाको टाउको अड्किएको थियो ।

यस्तो देख्नेहरुले कुनै प्रतिकृया नजनाई हिड्नुलाई मानवीयताको संकटका रुपमा हेरिएको छ । ट्रेनमा टाउको अड्किएको थाहा पाएपछि एमटीएले उनलाई उपचार गराइदिने आग्रह गरेपनि ती महिलाले त्यस्तो आग्रह अस्वीकार गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टाउको अड्किएपनि महिलालाई कुनै चोटपटक नलागेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com