अमेरिकन आइडलको टप ‘टु’ मा आर्थर गन, अमेरिकन आइडल बनिन् जस्ट साम


प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार

नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप टुमा पुगेर बाहिरिएका छन् । अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए ।

आजको शो सुरु भएको केहीबेरमा नै भोटिङ सुरु भएको थियो । अमेरिकामा रहेका नेपालीहरुले उनलाई  उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।

अमेरिकन आइडलको समापन शोमा दिवेशको प्रस्तुती यस्तो रहेको छ ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका आएका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

उनी काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि अमेरिका आएका थिए ।

आर्थर गनको अमेरिकन आइडलको यात्रा र उनको गीतसहित अमेरिकन आइडलले बनाएको भिडियो

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थिए । त्यहाँ अमेरिकन आइडलको विज्ञापन प्रस्तुत गरिएको थियो, जहाँ एल्टन जोनको गीत ‘टाइनी डान्सर’ गाइरहेका प्रतिस्पर्धीहरूमा दिवेश पनि देखिएका थिए ।

(यो समाचार नतिजापछि अपडेट गरिएको छ ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com