यसकारण नफ्याक्नुहोला १२ सय डलर राहत पछि प्राप्त राष्ट्रपतिको हस्ताक्षरसहितकोे पत्र


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले अधिकांश करदाता, करतिर्न नपर्ने ग्रिनकार्डवाहक र नागरिकलाई १२ सय डलर पठाएको छ । यो रकम सिधा बैंक खातामा वा चेकमार्फत पठाइएको छ ।

रकम पठाएपछि ह्वाइट हाउसका तर्फबाट एउटा पत्र तपाईले प्राप्त गर्नुहुन्छ । यो पत्रको नाम सुचना नम्बर १४४४ रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको यो पत्र तपाईले नफ्याक्नुहोला ।

तपाईले प्राप्त गरेको यो सुचना तपाईले आफ्नो सन् २०२० को ट्याक्स रेकर्डसँगै राख्नुपर्ने आईआरएसले जनाएको छ । तपाईले आगामीबर्ष सन् २०२० को ट्याक्स फाइल गर्दा कस्तो कदम चाल्ने भन्नेबारे आईआरएसले थप सुचनाहरु उपलब्ध गराउनेछ ।

यदि तपाईले प्राप्त गर्नुपर्ने सबै रकम प्राप्त गर्नुभएको छैन भने आगामी बर्ष सन् २०२० को ट्याक्स रिर्टन फाइल गर्दा तपाईले यो सुचना समावेश गरेर अतिरिक्त क्रेडिट दावी गर्न सक्नुहुनेछ । यदि बच्चाको बाबुआमा विवाहित होइनन् र दुबैले उक्त बच्चाका लागि पाँचपाँच सय डलर प्राप्त गरेका छन् भने पनि बाबुआमा दुबैले यो सुचना सन् २०२० को १४४४ ट्याक्स रेकर्डका लागि राख्नुपर्ने आईआरएसले जनाएको छ । तर पैसा भने फिर्ता गर्नु नपर्ने आईआरएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राहत रकम अन्तरगत ७५ हजारभन्दा कम आम्दानीहुनेले १२ सय डलर प्राप्त गरेका छन् भने १ लाख ५० हजार भन्दा कम आम्दानीहुने दम्पत्तिले २४ सय डलर प्राप्त गरेका छन् । १७ बर्षभन्दा कम उमेरका बच्चा हुनेहरुले थप ५ सय डलर प्राप्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com