अमेरिकामा पढाई सकेर ६० दिनको सहुलियत अवधिमा फर्कन नसक्नेका लागि २ विकल्प


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

अमेरिकामा पढाई सकेर ६० दिनको सहुलियत अवधिभित्र फर्कन नसकेका विद्यार्थीहरुका लागि कानुन व्यवसायी रमेश श्रेष्ठले दुईवटा विकल्प रोज्न सुझाव दिएका छन् । ६० दिनको सहुलियत अवधिभित्र फर्कन नसकेका विद्यार्थीहरुका लागि अमेरिकामा भिसाको अवधि लम्बाउने प्रावधान भने छैन ।

अमेरिकामा पढाई सकिएपछि विद्यार्थीहरुलाई फर्कनका लागि ६० दिनको अवधि दिइएको हुन्छ तर कोरोनाको महामारीका कारण उक्त अवधिमा फर्कन नसकेका कतिपय विद्यार्थीहरु अन्यौलमा रहेका छन् ।समयमै फर्कन नसक्दा विद्यार्थीहरु अमेरिकामा गैरकानुनी उपस्थीति हुनसक्ने र भविश्यमा अमेरिका आउनमा प्रतिबन्ध समेत लाग्नसक्ने त्रासमा रहेका हुन् ।

यातायातको विकल्प नभएका कारण उनीहरु स्वदेश फर्कन नसकेको अवस्थामा विद्यार्थीहरुले तुरुन्तै डेजिग्नेटेड स्कुल अफिसियल डीएसओलाई सम्पर्क गर्नुपर्ने श्रेष्ठले सुझाव दिनुभएको छ ।

डीएसओले त्यसबारे विद्यार्थीहरुलाई उचित सल्लाह दिने यसअगाडि आइसले पनि स्पष्ट पारिसकेको छ । कोरोनाको महामारीका कारण फर्कन नसकेको अवस्थामा डीएसओले अनलाइन कक्षा लगायतका वैकल्पिक अध्ययन व्यवस्थाका उपायहरु खोज्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डीएसओले कोरोनाको महामारीका कारण पढाई सकेर ६० दिनको सहुलियत अवधिमा अमेरिका छाड्न नसकेका विद्यार्थीको रेकर्डमा उक्त विद्यार्थीले कोरोनाका कारण अमेरिका छाड्न नसकेको सुचनामुलक सामाग्री अपडेट गर्ने जनाइएको छ ।

तर अनलाइन कक्षा लगायतका वैकल्पिक अध्ययन व्यवस्था अपनाउन नचाहने विद्यार्थीहरुले आफ्नो भिसा परिवर्तनका लागि आवेदन दिनसक्ने कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ । उनीहरुले विद्यार्थी भिसाबाट भिजिटर भिसामा परिवर्तनका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

श्रेष्ठले भन्नुभयो – ‘अनलाइन कक्षा लगायतका वैकल्पिक अध्ययन व्यवस्थामा जाँदा शुल्क तिनुपर्ने हुनसक्छ । कतिपय विद्यार्थीहरुलाई थप अध्ययनका लागि रुची नहुनसक्छ वा थप अध्ययनका लागि लाग्ने रकम धेरै पनि हुनसक्छ । यो अवस्थामा उनीहरुले भिसा परिवर्तनका लागि आवेदन समेत दिनसक्छन् ।’

स्टाटस परिवर्तनका लागि अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

भिजिटर भिसामा परिवर्तनका लागि आवेदन दिएको खण्डमा र स्वीकृति भएको खण्डमा स्वीकृत भएको अवधिभर ढुक्कसँग बसेर फर्कन पाइने हुन्छ । कोरोनाको महामारीले फर्कन सक्ने अवस्था नभएमा फेरी भिसा थप्नसमेत सकिन्छ । तर अनलाइन कक्षा कतिजेन्ज लिने भन्ने निश्चित नहुने भएकाले यसबारे निर्णय लिंदा सोंचविचार गरेर लिन सुझाव दिइएको छ ।

समयमै स्टाटस परिवर्तनका लागि दिइएको आवेदन पेन्डिंग रहेको अवस्थामा सामान्यतया आवेदकको गैरकानुनी उपस्थीति गणना नहुने युएससीआईएसले स्पष्ट पारेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com