भारतीय क्वारेन्टीनबाट निकालिए नेपाली, गर्भवती समेत अलपत्र


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पु-याएर छाडिएको जनाइएको छ ।सीमानाकामा प्रवेश पाउने आशामा ती मजदुर महाकाली नगरपालिकाको बाबाथान आउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले लखेटेर खटिमा पु-याएका थिए ।

सो स्थानमा अलपत्र परेका ती मजदुरलाई भारतीय कँग्रेस आइका उत्तराखण्ड प्रदेशका सचिव भुवन कापरीले खानाको व्यवस्था मिलाएका थिए । शनिबार राति बसमा राखेर मजदुरलाई पुनः रुद्रपुर पु-याइएको छ । रातभरि खुला आकाशमुनि बस्नुपरेको मजदुरले जनाएका छन् । ती मजदुरमा अधिकांश कञ्चनपुर, कैलाली र डडेल्धुराका बासिन्दा रहेका छन् ।

उनीहरुले आफूहरुलाई खानाको समस्या परेकाले उद्धार गरिदिन आग्रह गरेका छन् । अलपत्र परेका मजदुरमा यहाँको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किशोर टमाटाकी गर्भवती श्रीमती कविता समेत रहेकी छिन् । कैयौँ दिनदेखि भोकभोकै बस्नुपरेको छ, उनले भने, ‘श्रीमतीको सुत्केरी हुने दिन नजिकिँदै गर्दा निकै समस्यामा परेका छौं । मर्नु न बाँच्नुको अवस्थमा पुगेका छौँ ।’

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेका बारे समन्वयको काम भइरहेको जानकारी दिए । पहिले बसेकै क्वारेन्टाइनमा फर्काउनका लागि पहल भइरहेको जानकारी पाएको छु उनले भने, ‘दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो । भारतीय पक्षको नेपाली मजदुरलाई लगि दिएहुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु ।’‘दुवै देशका नागरिक जुन ठाउँमा छन् । त्यसै ठाउँमा बस्न दिने भन्ने समझदारी भएको छ । भारतले क्वारेन्टाइनबाट नेपालीलाई निकाल्नु हुँदैन । हामीकहाँ समेत भारतीय नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन् । यसबारे भारतीय पक्षसँग कुराकानी भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के भएको रहेछ बुझने प्रयासमा छौँ’, प्रजिअ खतिवडाले भने । यहाँ रहेका भारतीयको विवरण भारतीय पक्षले मागेको हुँदा विवरण तयार गरी उनीहरुलाई दिइने उनले बताए ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com