सेन्चुरीको ‘परदेशले मलाई रुवायो’ सार्बजनिक


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर भबिस्यका सुनौला सपना बुन्दै कठिन पलहरु गुजारीरहेका छन्, परदेशको कथा पिडा आफ्नै छ,यस्तै यथार्थ कथामा आधारित रहेर गायक प्रेम सेन्चुरीको शब्द/संगीत/स्वरमा नयाँ गीत ‘परदेशले मलाई रुवायो’ हालसालै सार्बजनिक भएको छ । आफ्नो देश, घर-परिवार,गाउँ घर-बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपन सहितको छटपटी गीतको शब्दमा समेटिएको छ, बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ ।

हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले बिगत २ दशक अघिदेखिको सांगीतिक यात्रामा रेडियो नेपाल देखि आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाइसकेका छन् । परदेशको व्यस्त दैनिकीमा समेत समय निकालेर गीत-संगीतमा रमाउने प्रेमका अन्य थुप्रै नयाँ गीतहरुको पनि तयारी भईरहेको छ । गायक प्रेम सेन्चुरीले न्युयोर्क लगायत अमेरिकाका अन्य शहरहरुमा हुने गरेका थुप्रै कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिईरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com