बिनोद बानियाको ‘मान्छे’ सार्वजनिक


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

गायक बिनोद बानियाले बन्दा बन्दीका बीच ‘यो मान्छे’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेर लामो समयदेखी नेपाली गीत संगितको क्षेत्रमा उलेख्य योगदान पुराएका गायक बानियाले कोराना भाइरसका कारण देश ठप्प भएका बेला यूट्युब मार्फत ‘यो मान्छे’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

मृत्यु अन्तिम सत्य हो भन्ने जान्दाजान्दै मान्छेले देखाउने अनेक व्यवहार र अनेक रुप गायक बानियाले गीत मार्फत प्रस्तुत गरेका छन् । कर्म गर्न राजधानी काठमाण्डौं नै धाउनु पर्छ भन्ने मान्यतामा पूर्णत असहमत रहँदै मोफसलबाटै करिअर बनाएका गायक बानिया पोखरामै बसेर नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । गायक बानियाले वैवाहिक वर्षगाँठको अवसरमा आफ्नै यूट्युब च्यानलबाट ‘यो मान्छे’ सार्वजनिक गरेका हुन् ।

गायक बानियाले हाल सम्म ५० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् । खेलकुदको क्षेत्रमा थुप्रै चर्चित गीतमा स्वर भरेका बानियाले गत वर्षमात्रै कवि तीर्थ श्रेष्ठको शब्दमा हाँस्न सिक पार्वती बोलको गीत बजारमा ल्याएका थिए । भर्खर सार्वजनिक भएको ‘मान्छे’ बोलको गीतको भिडियोमा चर्चित कलाकार प्रकाश घिमिरेसँगै एनजे सागर शाह र अनिता पौडेलको अभिनय छ । गीतमा संगीत बी.बी. अनुरागीले भरेका छन्, भने रचना चर्चित गीतकार राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार पारिएको छ ।

निर्देशक विभोर पोखरेलको निर्देशनमा बनेको म्यूजिक र सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । संक्षिप्त प्रकृया दिँदै गायक बानियाले भने गायन तथा कला क्षेत्रमा लागेकाहरुको आधार भनेकै दर्शक, श्रोताको मायो हो । यसर्थ, म आशावादी छु, मेरो ‘मान्छे’ लाई दर्शक श्रोताले खुब माया गर्नुहुनेछ ।

‘यो मान्छे कति बेइमानी
अरुको छाती कुल्चि हिँड्छ
दुख्छ भन्ने जानीजानी
यो मान्छे’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com