न्युयोर्कमा ५२ बर्षका लामाको मृत्यु


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

नेपालमा काठमाण्डौं घर भएका पेम्बा रिन्जी लामाको मृत्यु भएको छ । ५२ बर्षिय लामाको उपचारका क्रममा न्युयोर्कको माउण्ट साइनाई अस्पतालमा मृत्यु भएको हो ।

निकट व्यक्ति लाक्पा शेर्पाले दिएको जानकारी अनुसार न्युयोर्कमा बस्दै आएका लामा माउण्ट साइनाई अस्पतालमा केहीदिनदेखि उपचारत थिए । लामाको मृत्युसँगै न्युयोर्कमा कोरोनाको महामारी सुरु भएयता ज्यान गुमाउने नेपालीहरुको संख्या ११ पुगेको छ ।

मार्चको तेश्रो साता न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा अनिल लिम्बुको मृत्यु कोरोना संक्रमणका कारण न्युयोर्कमा नेपालीको पहिलो मृत्यु थियो । त्यसपछि थोक्मे बिष्ट, अजय छोंचु, निमा शेर्पा, सोनाम लामा, बिष्णु राई, राजकुमार थापा, पवन मल्ल, महेश अमात्य र होम कुमारी रानाको मृत्यु भएको थियो ।

सबैको मृत्यु कोरोना संक्रमणका कारण नभएको बताइएको छ । कोरोनाको महामारी सुरु भएयता अमेरिकामा कम्तीमा १६ नेपालीको मृत्यु भएको छ । जसमध्ये न्युयोर्कमा ११, भर्जिनियामा २, कोलोराडोमा २ र न्युजर्सीमा एकजना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com