फ्याक्ट चेक : नेपालीको टीपीएसको कागजातको अवधि अरु थपिएको छैन


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

के नेपालीको टीपीएस अरु ६ महिना थपिएको हो ?

होइन । नेपाल लगायत ६ देशका टीपीएसवाहकको कागजातको अवधि सन् २०२१ को जनवरी ४ बाट अहिलेसम्म अरु थप भएको छैन । गतबर्षको नोभेम्बरमा ४ मा नै युएससीआईएसले फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेर यसबारे जानकारी दिएको थियो । अहिले नेपालको टीपीएसबारे कुनै नयाँ अपडेट वा जानकारी छैन ।

सामाजिक सञ्जालमा नेपालको टीपीएसको अवधि थपिएको भन्दै समाचार पोष्टहरु आइरहेका छन् भने केही अनलाइनहरुले पनि टीपीएसको अवधि थपिएको आज अमेरिकी सरकारले घोषणा गरेको भन्दै समाचार प्रकाशित गरेका छन् । टीपीएसको अवधि थप्नेबारे अमेरिकी सरकारले आज कुनै सुचना प्रकाशित गरेको छैन ।

टीपीएसमा रहेका नेपालीहरुको कागजातको अवधि सन् २०२१ को जनवरी ४ सम्म थपिएको सुचना गतबर्ष नै प्रकाशित पुरानो सुचना हो । गत मार्च २४ मा नेपालीको टीपीएसको अवधि समाप्त भएकोमा युएससीआईएसले कागजातको म्याद स्वत थपेर सन् २०२१ को जनवरी ४ सम्म पुर्याएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसको म्यादबारे धेरै प्रश्नहरु आएकाले आफूले त्यो म्याद सन् २०२१ को जनवरी ४ सम्म रहेको जानकारी सामाजिक सञ्जालमा पोष्ट गर्दा टीपीएसको कागजातको अवधि अरु थपिएको भनेर कतिपय व्यक्तिमा भ्रम परेको हुनसक्ने मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने डेलिगेट ह्यारी भण्डारीले जानकारी दिए ।

भण्डारीले सामाजिक सञ्जालमा भनेका छन् – ‘यो गतबर्षको सुचना हो । नेपालीको टीपीएसमा कुनै परिवर्तन वा थप भएको छैन ।’

टीपीएसवाहकका कागजातको म्याद जनवरी ४, २०२१ सम्म अमेरिकी सरकारले स्वत थपिसकेकाले टीपीएसवाहकले कुनै पनि आवेदन दिनुपर्दैन । रोजगार दातालाई फेडरल रजिस्टरमा प्रकाशित सुचना देखाएर वर्क परमिटको म्याद थपिएको जानकारी गराउन सकिनेछ ।

टीपीएसका कागजातको म्याद जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्नेछन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।

टीपीएसमा रहेका व्यक्तिले म्याद थपिएको सुविधा लिनका लागि कुनै शुल्क तिर्नुपर्दैन । विगतमा कुनै पनि रि रजिस्ट्रेशनको बेलामा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्ने युएससीआईएसले जनाएको छ । तर त्यसका लागि पहिलो पटक भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ । रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्ने जनाइएको छ ।

यदि भविश्यमा अमेरिकी अदालतबाट टीपीएसको पक्षमा कुनै आदेश वा फैसला आएमा अमेरिकी सरकारले पुन दर्ताका लागि सुचना प्रकाशित गर्न वा त्यसको प्रकृयाबारे जानकारी गराउनसक्ने जनाइएको छ । अमेरिकी सरकारले टीपीएस अन्त्य नगर्नका लागि दिइएका आदेशहरुबिरुद्ध सर्किट कोर्टमा अपिल गरिसकेकाले टीपीएसको विपक्षमा फैसला आएमा टीपीएसवाहकलाई देश छाड्न वा स्टाटस एडजस्ट गर्नका लागि सरकारले होण्डुरस, नेपाल, निकारागुवा र सुडानलाई कम्तीमा १२० दिनको म्याद दिनेछ । एल साल्भाडोरलाई भने त्यहाँका टीपीएसवाहक धेरै भएकाले एकबर्षको म्याद दिइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com