कोभिड १९ विरुद्धको अभियानमा नेपालीलाई नेपालीको साथ


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

न्यूजर्सी /

जर्सीसिटी हेल्पिंग ग्रुप फर कोभिड १९ ले अमेरिकाको न्युजर्सी र आसपासका क्षेत्रमा बसेर कोभिड १९ को महामारी झेलिरहेका नेपालीहरु लक्षित सहयोग अभियान प्रभावकारी बन्दै गएको छ । कलाकार बिक्की पुलामी र खसोखासका सम्पादक दिपक परियारले सुरु गरेको प्राथमिक स्वास्थ्य सामाग्री पु¥याउने अभियानमा सहयोगी हातहरु समेत वढ्दै गएका छन् । सहयोग अभियानमा पछिल्लो समय विभिन्न संस्था तथा व्यक्तिहरु जोडिने क्रम समेत शुरु भएको छ । एक परिवार एक प्राथमिक उपचार बक्स अभियान अन्तर्गत अहिले न्यूजर्सी आसपासका १ सय ३६ परिवारले सहयोग प्राप्त गरिसकेका छन्।

सहयोग अभियानको अविभावकत्व गरिरहेकी न्यू जर्सी हड्सन काउण्टी समितिकी सदस्य रेनु शर्मा सापकोटाले नेपाली समुदाय सामान्य प्राथमिक उपचारबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले सहयोग अभियान शुरु गरेको बताउनुभयो ।”परिवारको कुनै पनि सदस्य अहिले सामान्य भएपनि भोली नहुन सक्छ कस्लाई के हुन्छ, हामी कसैलाई पनि थाहा हुदैन। कुनै पनि स्वास्थ्य समस्या देखिन सक्छ । भन्ने वित्तिकै अस्पताल लैजान पनि नसकिने अवस्थालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य सामाग्री उपलव्ध गराउन सफल भएको मा खूसी व्यक्त गर्नु भयो।”

न्यूजर्सीमा शुरु देखि नै नतेृत्व गरिरहेका एनआरएनए पूर्व उत्तर क्षेत्रीय संयोजक संजीव श्रेष्ठले आम नेपालीहरूको समस्यालाई समाधान गर्ने र सामाजिक दायित्व पुरा गर्ने र हामी सबैले कर्तव्य मात्र पालना गरेको बताउदै “ नेपाली समाजलाई जुन बेला आबश्यक्ता पर्छ त्यो बेला सहयोगमा जुट्न र समाजका लागि काम गर्न पाउँदा खुसी लागेको छ।” संयोजक श्रेस्ठले बताउनू भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए न्यूजर्सी च्यापटरका अध्यक्ष समर बुढाथोकी(समीर) ले दुःखको बेला कुनै आग्रह पूर्वाग्रह नराखी विभिन्नरुप मा छरिएर होईन एक ठाउँमा जुटेर यो समस्यालाई परास्त गर्न सकिने बताउनू भयो । त्यसकालागी एनआरएन च्यापटरले पहल गरिरहेको बताउनू भयो।

सहयोग अभियानको संयोजन गरिरहेका विक्की पुलामीले अहिलेको अपठ्यारो परिस्थितीमा आफ्नो समुदायप्रतिको जिम्मेवारी वहन गरिएको बताउनुभयो । कलाकार तथा मकै हाउस अनलाईन टेलिभिजनका होस्ट एवं संस्थापक समेत रहेका पुलामीले,” हामी नेपाली समुदाय बीच सचेत नागरिकको हैसियतले व्यक्तिगत उत्तरदायित्व बहन गर्ने उपयुक्त समय हो भन्ने ठानेर हामीले त्यही गर्ने प्रयत्न गरेका हौं।” हामी निरन्तर सहयोगका लागी प्रतिबद्ध छौं ।

महिला अधिकारको क्षेत्रमा क्रियाशील अन्याय अत्याचारका विरुद्ध निरन्तर आवाज बुलन्द गर्दै आऊनु भएकी गीता पोखरेलले कोभिट १९ जस्तो प्राणघातक रोग बाट बच्न र नेपाली समुदायमा कुनै समस्या आउन नदिन निस्वार्थका साथ आफूले कर्म गरिरहने बताउनू भयो ।

समहुमा सक्रिय कवि एवं साहित्यकार शान्ता घिमिरे अधिकारीले जर्सीसिटी मा केही परिवारमा खाद्यान्नको माग समेत आएको र अब ग्रोसरीका लागी सहयोगी मनहरूलाई अपिल गरिरहेको बताउनू भयो । प्रबासमा रहेर पनि यस्तो आपतकालिन घडीमा आफ्नो समुदायलाई सहयोग गर्न पाऊँदा खूसी लागेको छ । अधिकारी ले बताउनू भयो ।

त्यसै गरि अभियानकी अर्की सदस्य दिपा सत्याल उप्रेतीले पनि कोभिढ १९ को अपतकालिन अवस्थामा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । सामान्य अवस्थामा कसैको सहयोग नचाहिने भएपनि अहिलेको महामारीको अवस्थामा सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको बताउनू भयो।

अभियानका अभियन्ता दीपक परियार ले विभिन्न संघसंस्था र सहयोगी,समाजसेवीहरूमा धन्यवाद ज्ञापन गर्दै अभियानलाई सहयोग गर्ने नेपाली जनसम्पर्क समिति अमेरिकाको सरकारी सहयोग तथा श्रोत परिचालन समिति न्युयोर्क टाक्स फ़ोर्स, एनआरएनए न्यूजर्सी च्यापटर हामी नेपाली ग्लोवल, एनआरएनए मेरिल्यांड च्यापटर, रोटरी क्लव अफ न्यूयोर्क क्विन्स, खसोखास.कम लगायत विभिन्न संघसंस्था र सहयोगी,समाजसेवीहरूमा धन्यवाद ज्ञापन गर्दै सहयोगी मनहरू प्रति आभार प्रकट गरेका छन ।

शुरुवातमा खसोखासका सम्पादक दीपक परियार र कलाकार बिक्की पुलामीले शुरु गरेको अभियानमा अहिले एनआरएनए क्षेत्रिय संयोजक संजीव श्रेष्ठ एनआरएनए न्यूजर्सी च्यापटरक़ा अध्यक्ष समर बूढाथोकी (समीर) नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्यापटर महासचिव महेश मल्ल, न्यूजर्सी हड्सन काउण्टी समितिकी सदस्य रेनु शर्मा सापकोटा, समाजसेवी मनोज जोनाम, सूर्य तिवारी, कृति रोका थापा, बसन्ता खड़का, शान्ता घिमिरे अधिकारी, निर्मला कुमाल , दिपा सत्याल उप्रेती, पुर्ण वहादुर पाईजा मगर, सन्दिप सापकोटा, गीता पोखरेल, शिर गुरुङ, ज्ञानू गुरुङ, नन्दीका गुरुङ समेतको अतुलनीय योगदान रहेको छ । अभियानको संयोजन गरिरहेका पुलामी ले बताउनू भयो ।विभिन्न संघसंस्था र सहयोगी,समाजसेवीहरूमा धन्यवाद ज्ञापन गर्दै कोभिड १९ प्रभावितलाई सहयोग गर्ने क्रम जारी रहने बताउनू भयो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com